मन्त्री नै चलाउँछिन् मेनपावर, मागेको विवरण बुझाउँदैनन् पहुँचवालाका मेनपावर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २७, २०७४
|
|
३२ पटक हेरिएको
Shares
मन्त्री नै चलाउँछिन् मेनपावर, मागेको विवरण बुझाउँदैनन् पहुँचवालाका मेनपावर

सारांश

  • काठमाडौं ।
  • नेपालमा मेनपावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्तिको संलग्नता नौलो होइन ।
  • उच्च तहका राजनीतिक र प्रशासनिक नेतृत्वसँग पहुँचका आधारमा धेरैले चलाइरहेको मेनपावर व्यवसायमा बहालवाला मन्त्रीसमेत सामेल भएको नयाँ तथ्य फेला परेको छ ।

काठमाडौं । नेपालमा मेनपावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्तिको संलग्नता नौलो होइन । उच्च तहका राजनीतिक र प्रशासनिक नेतृत्वसँग पहुँचका आधारमा धेरैले चलाइरहेको मेनपावर व्यवसायमा बहालवाला मन्त्रीसमेत सामेल भएको नयाँ तथ्य फेला परेको छ ।

उच्च पदको आडमा मेनपावर चलाउने व्यक्तिले सरकारी नीति, नियमलाई खुलमखुल्ला धज्जी उडाइरहेका छन् । मेनपावर व्यवसायमा उच्च तहका व्यक्तिको संलग्नता खुल्ने क्रममा वन तथा भूसंरक्षण राज्यमन्त्री कमलादेवी शर्माले मेनपावर सञ्चालन गरिरहेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्रीसमेत रहेकी शर्माले मन्त्रालयको जिम्मेवारी सम्हाले पनि मेनपावरको जिम्मेवारी छाडेकी छैनन् । बरु उनले पदको आडमा वैदेशिक रोजगार विभागले तोकेको जरिवाना तिर्न अटेरी गरिरहेकी छन् ।

तीन वर्षअघि श्रम तथा रोजगार मन्त्रालयद्वारा खाडीका ६ मुलुक र मलेसिया जाने कामदारको हकमा सुरु गरिएको निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन भए/नभएको जान्न विभागले माग गरेको विवरण नबुझाउनेमा पहुँचवाला व्यक्तिकै मेनपावर बढी छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?