बलिउड सुपरस्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पताल भर्ना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १, २०७६
|
|
४० पटक हेरिएको
Shares
बलिउड सुपरस्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पताल भर्ना

सारांश

  • एजेन्सी ।
  • बलिउड सुपरस्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पतालमा भर्ना भएका छन्।
  • उनी आफ्नो नियमित चेकजाँचका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पतालमा भर्ना भएका छन्। उनी आफ्नो नियमित चेकजाँचका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो।चेकजाँच पछि उनलाई आइतबार अस्पतालबाट डिस्चार्ज गर्ने बताइएको छ। अमिताभलाई कलेजोको समस्या रहेको छ। त्यसैले उनी नियमित अस्पतालमा जाँच गराइरहन्छन्। सन् १९८२ मा फिल्म ‘कुली’को शुटिंगमा उनलाई चोट लागेको थियो । उक्त चोटको कारण उनको निकै रगत बगेको थियो। अमिताभलाई डाक्टरले समेत ‘क्लीनिकली मृत’ घोषित गरिदिएका थिए।

उक्त दुर्घटना पछि अमिताभलाई २ सय डोनर्सको सहयोगबाट ६० बोतल रगत चढाउन परेको थियो। उक्त समय उनलाई एक अर्को रोगले समात्यो। एक अन्तर्वार्तामा उनले भने ‘दुर्घटनाको बेला जुन डोनर्सको रगत मलाई चढाइएको थियो, ति मध्ये एकलाई हेपटाइटिस बी थियो। जुन मेरो शरिरमा प्रवेश गर्यो। सन् २००० सम्म थिए, तर पछि एक सामान्य मेडिकल जाँचमा मेरो कलेजो खराब भएको थाहा भयो।’अमिताभ मात्र २५ प्रतिशत कलेजोको सहाराले बाँचेका छन्। हेपटाइटिस बीको कारण उनको ७५ प्रतिशत कलेजो खराब भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलद्वारा मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलद्वारा मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण
रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा एकाउन्न जनाको मृत्यु
रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा एकाउन्न जनाको मृत्यु
नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ ः राणा
नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ ः राणा
मुम्बई, सांघाई र ब्यांकक ३० वर्षभित्र समुद्रमा डुब्ने सम्भावना !
मुम्बई, सांघाई र ब्यांकक ३० वर्षभित्र समुद्रमा डुब्ने सम्भावना !
संविधान संशोधनको विषय अध्ययन गर्न एकीकृत समाजवादीले ज्वालाको संयोजकत्वमा बनायो कार्यदल
संविधान संशोधनको विषय अध्ययन गर्न एकीकृत समाजवादीले ज्वालाको संयोजकत्वमा बनायो कार्यदल
सुन र चाँदीका बिस्कुट र सिक्का बरामद !
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव
निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
सुगमका कार्यालय रोजेर निवेदन दिन दुर्गमका कर्मचारीलाई आह्वान
सुगमका कार्यालय रोजेर निवेदन दिन दुर्गमका कर्मचारीलाई आह्वान
धुर्मुस,सुन्तली लगाएत विभिन्न व्यक्तिहरू सम्मानित !
धुर्मुस,सुन्तली लगाएत विभिन्न व्यक्तिहरू सम्मानित !