युरोकपको नकआउट चरणको समीकरण पूरा
सारांश
- काठमाडौं।
- जारी युरोकपको नकआउट चरणको समीकरण पूरा भएको छ।
- २४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन्।
काठमाडौं। जारी युरोकपको नकआउट चरणको समीकरण पूरा भएको छ। २४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन्।
जसमा हरेक समुहका समूह विजेता र उपविजेता गरि १२ देश नक आउटमा पुगेका छन् भने हरेक समूहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नक आउट चरणमा पुगेका छन्। जसमा समूह ए बाट जर्मनी विजेता र स्वीजरल्याण्ड उपविजेता बन्दै नक आउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन्।
त्यस्तै समूह बी बाट स्पेन समूह विजेता र इटाली उपविजेता हुँदै नक आउटमा पुगेका छन् भने क्रोसिया र अल्बानिया बाहिरिएका छन्। त्यस्तै समूह सी बाट इङल्याण्ड विजेता र डेनमार्क उपविजेता हुँदै नकआउटमा पुगेका छन्। त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको छ। यस समूहबाट सर्बिया बाहिरिएको छ।
त्यस्तै समूह डी बाट अस्ट्रिया विजेता र फ्रान्स उपविजेता हुँदै नक आउटमा पुगेको छ। त्यस्तै नेदरल्याण्डस तेस्रो हुँदै नक आउटमा पुगेको छ। त्यसैगरी समूह इ बाट रोमानिया विजेता र बेल्जियम उपविजेता हुदै नक आउटमा पुगेको छ भने स्लोभाकिया तेस्रो स्थानमा हुँदै नक आउटमा पुगेको छ।
त्यस्तै समूह एफ बाट पोर्चुगल विजेता र टर्की उपविजेता हुँदै नक आउटमा पुगेको छ भने जर्जिया तेस्रो स्थानमा रहँदै नक आउटमा पुगेको छ।
अब नक आउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्ने छ। त्यस्तै पोर्चुगलले स्लोभेनियाको सामना गर्ने छ भने फ्रान्सले बेल्जियमको सामना गर्ने भएको छ।
त्यसैगरी रोमानियाले नेदरल्याण्डसको सामना गर्ने छ भने अस्ट्रियाले टर्कीको सामना गर्ने छ। त्यस्तै इङल्याण्डले स्लोभाकियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले इटालीको सामना गर्ने छ।
नक आउट चरणका खेल जुन २९ देखि शुरु हुने छन्।
bestiptv-smarters
certainly like your website but you need to take a look at the spelling on quite a few of your posts Many of them are rife with spelling problems and I find it very troublesome to inform the reality nevertheless I will definitely come back again