आजदेखि देशभरका अदालत बहिष्कार

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ९, २०७३
|
|
२१० पटक हेरिएको
Shares
आजदेखि देशभरका अदालत बहिष्कार

सारांश

  • उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिको विरोध गर्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले आइतबारदेखि सर्वोच्च अदालतलगायत मुलुकभरका अदालत र न्यायाधिकरणमा बहसपैरवीलगायत कार्य बहिष्कार गर्ने भएका छन् ।
  • सरकारी वकिल तथा ट्रेड युनियनले उच्च अदालतको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात गरिएको उल्लेख गर्दै निर्णय नसच्याएसम्म आइतबारदेखि अदालतलाई असहयोग गर्ने औपचारिक घोषणा शुक्रबार गरेका थिए ।
  • असहयोग आन्दोलन गर्ने विषयमा निर्णय लिन महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, नायबमहान्यायाधिवक्ता, सहन्यायाधिवक्तासहित चारवटा कर्मचारी संगठनबीच शुक्रबार लामो छलफल भएको थियो ।

उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिको विरोध गर्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले आइतबारदेखि सर्वोच्च अदालतलगायत मुलुकभरका अदालत र न्यायाधिकरणमा बहसपैरवीलगायत कार्य बहिष्कार गर्ने भएका छन् ।

सरकारी वकिल तथा ट्रेड युनियनले उच्च अदालतको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात गरिएको उल्लेख गर्दै निर्णय नसच्याएसम्म आइतबारदेखि अदालतलाई असहयोग गर्ने औपचारिक घोषणा शुक्रबार गरेका थिए ।

असहयोग आन्दोलन गर्ने विषयमा निर्णय लिन महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, नायबमहान्यायाधिवक्ता, सहन्यायाधिवक्तासहित चारवटा कर्मचारी संगठनबीच शुक्रबार लामो छलफल भएको थियो ।

ती निकायले न्यायालयविरुद्ध हुने असहयोग आन्दोलनमा सम्बद्ध पक्षलाई सहयोगका लागि आग्रहसमेत गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियन संघ महान्यायाधिवक्ताको कार्यालयका अध्यक्ष भरत मैनालीले आफूहरूले असहयोग आन्दोलनका विषयमा प्रधानन्यायाधीश सुशीला कार्की र कानुनमन्त्री अजयशंकर नायकलाई लिखित रूपमै जानकारी दिएको बताए ।

उनले भने, ‘न्यायाधीश नियुक्ति निर्णय नसच्याएसम्म आइतबारदेखि अदालतलाई असहयोग आन्दोलन जारी रहनेछ । हामी यो आन्दोलनलाई केही दिन दबाबका रूपमा र त्यसपछि अझै कडा र सशक्त बनाउनेछौं ।’ आइतबार बिहान १० बजेबाट प्रारम्भ हुने असहयोग आन्दोलनको अन्तिम तयारी भइसकेको उनले बताए ।

महान्यायाधिवक्ता श्रेष्ठ, नायबमहान्यायाधिवक्ता, सहन्यायाधिवक्तासहित चारवटा कर्मचारी संगठनबीच लामो छलफलपछि घोषणा भएको असहयोग आन्दोलन न्यायाधीश नियुक्ति प्रकरण नसच्चिएसम्म जारी रहने उनले बताए । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति भण्डारी टुँडिखेलमा
अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति भण्डारी टुँडिखेलमा
सुशिल कोइराला दिवंगत भएको २ वर्ष वित्दा पनि सदस्यतापत्रमा उनकै हस्ताक्षर
सुशिल कोइराला दिवंगत भएको २ वर्ष वित्दा पनि सदस्यतापत्रमा उनकै हस्ताक्षर
इञ्जिनीयरिङ अध्ययनबिना ट्र्याक खोल्न नदिन निर्देशन
इञ्जिनीयरिङ अध्ययनबिना ट्र्याक खोल्न नदिन निर्देशन
बलिया टिमलाई पाखा लगाउँदै फाइनलसम्म पुगेकाे क्रोएसियाबारे जान्नै पर्ने कुराहरु
बलिया टिमलाई पाखा लगाउँदै फाइनलसम्म पुगेकाे क्रोएसियाबारे जान्नै पर्ने कुराहरु
प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन, युवाहरूद्वारा विरोध
प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन, युवाहरूद्वारा विरोध
नेपालले बंगलादेशमा पनि ४० मेगावाट बिद्युत निर्यात गर्दै
नेपालले बंगलादेशमा पनि ४० मेगावाट बिद्युत निर्यात गर्दै
थानकोट नाका :लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु
थानकोट नाका :लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु
गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीको शपथ
गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीको शपथ
सुपथ मूल्य पसल माघसम्म निरन्तर हुने
सुपथ मूल्य पसल माघसम्म निरन्तर हुने

तपाईंले छुटाउनुभयो कि?