एउटै मान्छेलाई दुईपटक सहिद घोषणा, १४ जना दोहोरिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
एउटै मान्छेलाई दुईपटक सहिद घोषणा, १४ जना दोहोरिए

सारांश

  • काठमाडौं, माघ १८ – पहिले नै सहिद घोषित १४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि सहिद घोषणा गरेको छ ।
  • २०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले सहिद घोषणा गरेका १४ जनालाई देउवा सरकारले पनि दोहोर्याएको हो ।
  • देउवा सरकारले ८ महिनामा २ सय ६६ जनालाई सहिद घोषणा गरेको छ ।

काठमाडौं, माघ १८ – पहिले नै सहिद घोषित १४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि सहिद घोषणा गरेको छ । २०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले सहिद घोषणा गरेका १४ जनालाई देउवा सरकारले पनि दोहोर्याएको हो ।

देउवा सरकारले ८ महिनामा २ सय ६६ जनालाई सहिद घोषणा गरेको छ । नेपाल नेतृत्वको तत्कालीन सरकारले २०६७ साल असारमा एक हजार ६ सय २६ जनालाई सहिद घोषणा गरेको थियो ।माओवादी द्वन्द्वका बेला विद्रोही पक्षबाट मारिएका स्याङजाका देवानसिंह राना, देवबहादुर खवास, विष्णुबहादुर चन्द, मीनबहादुर बानियाँ क्षत्री, नेत्रनारायण भण्डारी र रणबहादुर गुरुङ, कास्कीका कृष्णबहादुर गुरुङ, पूर्णबहादुर भुजेल चौधरी, पशुपति रानाभाट र चन्दबहादुर रानाभाट तथा सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटा, दिलबहादुर दनुवार, हिक्मतबहादुर भण्डारी र छत्रबहादुर गिरीलाई देउवा नेतृत्वको सरकारले दोहोर्याएर सहिद घोषणा गरेको आजको नागरिक दैनिकमा भाषा शर्माले खबर लेखेकी छन्।

देउवा सरकारले माघ १२ मा मात्र द्वन्द्वकालमा माओवादीबाट चितवनको बाँदरमुढेमा मारिएका ३६ जनासहित स्याङजा, कास्की, सिन्धुपाल्चोक, सुनसरी र खोटाङका गरी ५६ जनालाई सहिद घोषणा गरेको थियो ।
द्वन्द्वपीडित साझा चौतारीले सरकारले हचुवाका भरमा सहिद घोषणा गरेको भन्दै असन्तुष्टि जनाएको छ । चौतारीका अध्यक्ष सुमन अधिकारीले हचुवाका भरमा सहिद घोषणा गरेर राजनीति गर्न खोजिएको बताए । ‘पहिले पनि सरकारले घोषणा मात्र गरेको थियो तर कुनै पनि प्रक्रिया भने पूरा गर्न सकेको छैन ।’
उनले शान्तिसम्झौताको भावना अनुरुप सबै द्वन्द्वपीडितलाई समान व्यवहार र सम्मान गर्नुपर्नेमा जोड दिए । ‘सरकारले शान्ति सम्झौताको भावनाविपरीत सहिद घोषणा गरी विभेद र पीडितको पीडामाथि राजनीति गरेको छ’, अध्यक्ष अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  चौतारीले सरकारैपिच्छे सहिद घोषणा गर्ने विवादास्पद परिपाटी बन्द गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग
Katrina Kaif gets misbehaved by Salman Khan fans, here’s how she reacts
Katrina Kaif gets misbehaved by Salman Khan fans, here’s how she reacts
कृषि मन्त्री खनाललाई डेंगु संक्रमण
कृषि मन्त्री खनाललाई डेंगु संक्रमण
रातमा कुकुर रोए किन अशुभ हुन्छ ? यस्तो छ धार्मिक विश्वास
रातमा कुकुर रोए किन अशुभ हुन्छ ? यस्तो छ धार्मिक विश्वास
रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर
रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर
एयर एसियाले १३ करोड रुपैयाँ बक्यौता नतिरि किन सेवा बन्द गर्याे ?
एयर एसियाले १३ करोड रुपैयाँ बक्यौता नतिरि किन सेवा बन्द गर्याे ?
चिया-कफी पिउने बानी कत्तिको हानिकारक ?
चिया-कफी पिउने बानी कत्तिको हानिकारक ?
रिचार्जरमा कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा
रिचार्जरमा कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख
द्वन्द्वपीडितका लागि रु १७ करोड
द्वन्द्वपीडितका लागि रु १७ करोड