गृह मन्त्रालयले सीमा सुरक्षा कडा पार्न निर्देशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
४६ पटक हेरिएको
Shares
गृह मन्त्रालयले सीमा सुरक्षा कडा पार्न निर्देशन

सारांश

  • मंसिर १८, २०७४-निर्वाचन सुरक्षा नै प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसँग सहकार्य सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।
  • सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सीमा गस्ती बढाउनसमेत निर्देशन दिइएको जानकारी गृह अधिकारीले दिए ।
  • सीमा नाकाबाट भारतीय नागरिक नै बम बनाउने सामग्रीसहित पक्राउ परेपछि गृहले मातहत निकायलाई कडा निर्देशन दिएको हो  ।

मंसिर १८, २०७४-निर्वाचन सुरक्षा नै प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसँग सहकार्य सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सीमा गस्ती बढाउनसमेत निर्देशन दिइएको जानकारी गृह अधिकारीले दिए । सीमा नाकाबाट भारतीय नागरिक नै बम बनाउने सामग्रीसहित पक्राउ परेपछि गृहले मातहत निकायलाई कडा निर्देशन दिएको हो  ।

निर्वाचनका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा सहकार्य सघन बनाउन निर्देशन दिइएको गृहप्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए । ‘सीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा सुरक्षा दिएका छन् । चेकजाँच कडा पारिएको छ । निगरानी बढाइएको छ । सेनाको निगरानी पनि छ,’ गृह अधिकारीले स्पष्ट पारे ।

भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनलाई दुवैतर्फ अधिकतम चेकजाँच गर्ने सहमति प्राय: सबै जिल्ला प्रमुख र भारतीय समकक्षीबीच यसअघि नै भएको हो । ‘शंका लागेकालाई नियन्त्रणमा लिएर सोधपुछ बढाइएको छ,’ प्रवक्ता दुवाडीले भने, ‘सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन सबै पक्ष उत्तिकै सक्रिय र सुझबुझका साथ लागिपरेका छन् ।

तीन घेराको सुरक्षा रणनीतिमा केही कार्ययोजना हेरफेर गरेर थप समन्वय गरिरहेका छौं ।’ कतिपय स्थानमा तालिमप्राप्त कुकुर उपयोग गरिएको छ । सीसीटीभीमार्फत गरिने निगरानी पनि बढाइएको गृह अधिकारीहरूले बताए ।

नेपाली सेनाले पनि ब्याकअपमा रहेर यस्ता सबै पक्षको निगरानी गरिरहेको छ । सेनाले निगरानीमा कैयन् स्थानमा ‘ड्रोन’ को समेत उपयोग गरेको ती अधिकारीले बताए । ‘समन्वयमा कुनै कमजोरी रहेको भए पनि त्यसलाई चिर्न भरपुर प्रयास भइरहेका छन्,’ ती अधिकारीले भने । पछिल्लो पटक सुरक्षामा कमजोरी भएको भन्दै सरकारको आलोचना हुन थालेपछि सुरक्षा निकाय थप सक्रिय बनेका हुन् ।

नेपाल–भारत खुला सीमा र सहज आउजाउको फाइदा उठाउँदै आपराधिक समूहबाट विस्फोटक पदार्थ र साना हतियार निर्वाचन लक्षित अवैध ओसारपसार हुन थालेपछि सुरक्षा निकाय थप सतर्क भएका छन् । निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्था फितलो देखिएपछि सुरक्षा रणनीति नै परिवर्तन गरिएको हो । राष्ट्रिय अनुसन्धान विभागका अधिकारी, सादा पोसाक सुरक्षाकर्मी परिचालन, सूचना संकलन र विश्लेषण गरेर नै नयाँ रणनीति तय गरिएको बताइएको छ ।

‘सेनाले आफ्नो जिम्मेवारी चौबीसै घण्टा खटेर निर्वाह गरिरहेको र त्यसका लागि सबै पक्षमा निगरानी गर्ने मात्र हो,’ फिल्ड अनुगमन सक्रिय पार्ने काम भएको सेनाका प्रवक्ता सहायक रथि नैनराज दाहालले भने, ‘हामी निकै चनाखोसाथ अघि बढेका छौं । यसमा अन्य निकाय पनि उत्तिकै सक्रिय छन् ।  निर्वाचन सुरक्षा मजबुत छ ।’

निर्वाचनका लागि सबै खाले संयन्त्र चुस्त बनाउने क्रममा सीमा नाकालाई पनि ध्यान दिइएको हो । १९ गतेदेखि तीन दिनसम्म नाका नै पुरै बन्द हुनेछन् ।दुवै देशमा निर्वाचन हुँदा सीमामा संयुक्त गस्ती गर्ने प्रचलन पनि छ । संयुक्त टोलीमा नेपालका तर्फबाट सीमा सुरक्षामा रहेका सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षाबल (एसएसबी) का सुरक्षाकर्मी एकै लाममा मिसिएर हिँडेको अधिकारीले जनाए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँमा रोचक चुनावी भिडन्त: एक बहालवाला सहित तीन पुर्वमन्त्री मैदानमा
तनहुँमा रोचक चुनावी भिडन्त: एक बहालवाला सहित तीन पुर्वमन्त्री मैदानमा
हिउँ परेपछिको चन्द्रागिरि…
हिउँ परेपछिको चन्द्रागिरि…
भूमेलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छः सभामुख महरा
भूमेलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छः सभामुख महरा
समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा छौंः अध्यक्ष प्रचण्ड
समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा छौंः अध्यक्ष प्रचण्ड
रिमैको शीर्ष गीत सार्वजनिक, दयाहाङ सँग रिश्माको कमब्याक
रिमैको शीर्ष गीत सार्वजनिक, दयाहाङ सँग रिश्माको कमब्याक
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
एमाले अध्यक्ष केपी ओली
एमाले अध्यक्ष केपी ओली
चार ट्राफिक प्रहरी बर्खास्त, ५० जना पुरस्कृत
चार ट्राफिक प्रहरी बर्खास्त, ५० जना पुरस्कृत
गगन जंगिएपछि देउवाले गरे बैठक स्थगित,आज के हुदै छ कांग्रेस केन्द्रिय समितीमा?
गगन जंगिएपछि देउवाले गरे बैठक स्थगित,आज के हुदै छ कांग्रेस केन्द्रिय समितीमा?
जुद्ध समशेरकालीन दमकल भवन भत्काउने तयारी
जुद्ध समशेरकालीन दमकल भवन भत्काउने तयारी