उच्च अदालत विराटनगरले अभियुक्तलाई धरौटीमा रिहा गर्न थालो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • विराटनगर १,असोज।
  • अस्बिन खड्का.
  •             उच्च अदालत विराटनगरले अभियुक्तलाई धरौटीमा रिहा गर्न थालेको छ।

विराटनगर १,असोज। अस्बिन खड्का.

            उच्च अदालत विराटनगरले अभियुक्तलाई धरौटीमा रिहा गर्न थालेको छ।३८ सय किलो सुन तस्करी र सनम शाक्य कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालत विराटनगरले अभियुक्तलाई धरौटीमा रिहा गर्न थालेको छ।एसएसपी दिवस लोहनीलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ। आइतबार अर्का अभियुक्त डिएसपी प्रजित केसीलाई रिहा गर्न आदेश दिएको छ।जिल्ला अदालतले सबै अभियुक्तलाई थुनामै पठाएपछि उनीहरु उच्च अदालत पुगेका थिए।मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको आदेशले पुर्पक्षका लागि एक जना प्रतिवादीलाई साधारण तारेख र एक जनालाई धरौटी माग्दै अन्य सबैलाई थुनामा पठाउने आदेश गरेको थियो।संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो।

उच्च अदालत विराटनगरमा २७ जनाले निवेदन दिएका छन्। उनीहरुमध्ये दुई निवेदनमात्र सुनुवाई भएको छ। अन्य २४ निवेदन सुनुवाई हुने क्रममा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?