तिहार र छठका लागि नेपाल टेलिकमको अफरै अफर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, ,
|
|
२८ पटक हेरिएको
Shares
तिहार र छठका लागि नेपाल टेलिकमको अफरै अफर

सारांश

  • ३१ असोज, काठमाडौं ।
  • नेपाल टेलिकमले नेपालीहरुको दोस्रो ठूलो चाड तिहार र छठको अवसरमा बिभिन्न छुट तथा बोनस उपलब्ध गराएको छ ।
  • टेलिकमले दिएको जानकारी अनुसार जीएसएम र सीडीएमए प्रिपेड मोवाइलमा रिचार्ज गर्दा १० प्रतिशत बोनसको व्यवस्था गरिएको छ ।

३१ असोज, काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको दोस्रो ठूलो चाड तिहार र छठको अवसरमा बिभिन्न छुट तथा बोनस उपलब्ध गराएको छ ।

टेलिकमले दिएको जानकारी अनुसार जीएसएम र सीडीएमए प्रिपेड मोवाइलमा रिचार्ज गर्दा १० प्रतिशत बोनसको व्यवस्था गरिएको छ । यो अफर कात्तिक १ देखि १५ गतेसम्मका लागि हो ।

त्यस्तै जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा १ जीबी डाटा पाइनेछ । त्यस्तै ६० रुपैयाँमा ५०० एमबी डाटा उपलब्ध हुनेछ । यो अफर पनि कात्तिक १५ गतेसम्म लिइसक्नुपर्ने टेलिकमले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुने गरी कम्बो प्याक उपलब्ध गराएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ ।

त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध गराइएको छ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन तथा ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ ।

कात्तिक २ देखि ८ गतेभित्र नेटको पैसा सकिने ग्राहकहरुका लागि ९ गतेसम्म समय थप गरिएको छ ।

जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको अहिलेको महसुल दरमा कात्तिक २ देखि ९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ ।

कम्पनीले कात्तिक १ गतेदेखि कात्तिक ३० सम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यू सिम) निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था गरेको छ । फोरजी सेवा उपलब्ध भएका काठमाडौं, ललितपुर र भक्तपुर तथा पोखराका नेपाल टेलिकमका काउन्टरबाट यू सिम परिवर्तन गर्न सकिन्छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४१ जना सवारी चालकमाथि कारवाही
काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४१ जना सवारी चालकमाथि कारवाही
मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
सात नियोग तथा केही दूतावास नेतृत्वविहीन
सात नियोग तथा केही दूतावास नेतृत्वविहीन
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ
लुटिएको सुन अझै पाइएन
लुटिएको सुन अझै पाइएन
शनिवार एकैदिनमा थपिए ५ हजार ८ जना कोरोना संक्रमित
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का
दन्दकालिन मुद्धा ब्युँतिए माओबादीका सबै शीर्ष नेता जेल जानसक्ने !
दन्दकालिन मुद्धा ब्युँतिए माओबादीका सबै शीर्ष नेता जेल जानसक्ने !
धरानमा नेपाली कांग्रेसका तिलक राई विजयी
धरानमा नेपाली कांग्रेसका तिलक राई विजयी
धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ
धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ

तपाईंले छुटाउनुभयो कि?