धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०७४
|
|
१७७ पटक हेरिएको
Shares
धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ

सारांश

  • न्यूजिल्याण्डमा एक दिने साँस्कृतिक कार्यक्रम ‘रमाइलो साँझ’ सम्पन्न भएको छ ।
  • नयाँ वर्षको अवसर पारेर धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्यान्ड नेप्लिज एसोसिएसनले कार्यक्रमको आयोजना गरेको हो ।
  • उक्त कार्यक्रममा ५०० भन्दा बढी दर्शकको सहभागिता रहेको थियो ।

न्यूजिल्याण्डमा एक दिने साँस्कृतिक कार्यक्रम ‘रमाइलो साँझ’ सम्पन्न भएको छ । नयाँ वर्षको अवसर पारेर धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्यान्ड नेप्लिज एसोसिएसनले कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा ५०० भन्दा बढी दर्शकको सहभागिता रहेको थियो । अक्ल्याण्ड काउन्सिलका मेयर फिल गफको प्रमुख आतिथ्य भएको कार्यक्रममा सहभागीहरुलाई एसोसिएसनका अध्यक्ष राज महर्जनले स्वागत गरेका थिए ।

कार्यक्रममा न्यूजिल्यान्डका अन्य शहरहरुबाट उत्कृष्ट सहभागिता रहेको र नेपाली लगायत विभिन्न संघ संस्थाले सहयोग गरेका थिए ।
तीन घण्टा लामो उक्त कार्यक्रममा विभिन्न गीत, नृत्य लगायत प्रस्तुत गरिएको थियो ।

बेदेन्द्र अधिकारी र अलिना रावल बिष्टले कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रमबाट प्राप्त शतप्रतिशत रकम धुर्मुस-सुन्तली फाउन्डेसनलाई पठाइने तयारी भइरहेको एसोसिएसनका सदस्य कमल भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?