हत्यारा पत्ता लगाउनै कठिन, पूर्वराजदूत झाको हत्यारा पत्तै लागेन

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
४० पटक हेरिएको
Shares
हत्यारा पत्ता लगाउनै कठिन, पूर्वराजदूत झाको हत्यारा पत्तै लागेन

सारांश

  • काठमाडौं – भदौ ४ गते पूर्वराजदूत केशव झाको बबहरमलस्थित आफ्नै घरभित्र मृत फेला परे।
  • उनी मृत फेला परेको थाहा पाउनेबित्तिकै घट्नास्थल पुगेको प्रहरीले उनको हत्या भएको जनाएको थियो।
  • महानगरीय प्रहरी अपराध महाशाखाले उनको शरीरमा भान्छामा प्रयोग गर्ने धारिलो चक्कु प्रहार गरी हत्या भएको जनाएको थियो ।

काठमाडौं – भदौ ४ गते पूर्वराजदूत केशव झाको बबहरमलस्थित आफ्नै घरभित्र मृत फेला परे। उनी मृत फेला परेको थाहा पाउनेबित्तिकै घट्नास्थल पुगेको प्रहरीले उनको हत्या भएको जनाएको थियो। महानगरीय प्रहरी अपराध महाशाखाले उनको शरीरमा भान्छामा प्रयोग गर्ने धारिलो चक्कु प्रहार गरी हत्या भएको जनाएको थियो । तर, तीन साता बित्दासमेत प्रहरीले हत्यारा को हो भन्ने पत्ता लगाएको छैन। महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंहले झाको हत्याबारे अनुसन्धान भइरहेको बताए।

प्रहरीले घरको सुरक्षा गर्ने गार्ड सानुकान्छा तामाङ र बगैंचामा काम गर्ने दुईजना मालीलाई पक्राउ गरेको छ। झाको हत्या हुँदा घरमा ८० वर्षीय राजदूत र उनकी श्रीमती र सुरक्षा गार्ड पनि सोही घरमा बस्थे। घटना भएको दिन भने प्रहरीले केही दिनभित्रै हत्यारा पत्ता लगाउने जनाएको थियो। घटना भएको १९ दिनसम्म पनि प्रहरीले सो विषयमा अनुसन्धान गरिरहेको छ । ‘झा हत्याको विषयमा अनुसन्धान भइरहेको छ। प्रहरीले सकेसम्म सबै प्रकारका प्रविधि प्रयोग गरेर अनुसन्धान गरिरहेको छ,’ महाशाखा प्रमुख एसएसपी सिंहले भने।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?