लुटिएको सुन अझै पाइएन

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
लुटिएको सुन अझै पाइएन

सारांश

  • अमरगढी, १९ माघ , द्वन्द्वकालमा बैङ्कमा सुरक्षाका लागि राखिएको सुन लुटिएपछि घटनाको विस्तृत छानबिन नहुँदा बैतडीको पुर्चौडी क्षेत्रका ३०० स्थानीयवासीले सुन फिर्ता पाउन सकेका छैनन् ।
  • सुनका ३०० पोका (स्थानीयको दाबीअनुसार तीन किलो) द्वन्द्वका बेला सुरक्षाको कारण देखाएर नेपाल बैङ्क लिमिटेडको पुर्चौडी शाखामा विसं २०५७ कात्तिक २२ गते सदरमुकाम सरेको र सदरमुकामको सुरक्षित स्थानबाटै बैङ्क लुटिएपछि सो क्षेत्रका स्थानीयवासीले अहिलेसम्म सुन फिर्ता बारे कुनै जानकारी पाएका छैनन् ।
  • नेपाल बैङ्क लिमिटेड डडेल्धुरा शाखाका अनुसार तीन किलो ८०२ ग्राम सुन लुटिएको हो ।

अमरगढी, १९ माघ , द्वन्द्वकालमा बैङ्कमा सुरक्षाका लागि राखिएको सुन लुटिएपछि घटनाको विस्तृत छानबिन नहुँदा बैतडीको पुर्चौडी क्षेत्रका ३०० स्थानीयवासीले सुन फिर्ता पाउन सकेका छैनन् ।
सुनका ३०० पोका (स्थानीयको दाबीअनुसार तीन किलो) द्वन्द्वका बेला सुरक्षाको कारण देखाएर नेपाल बैङ्क लिमिटेडको पुर्चौडी शाखामा विसं २०५७ कात्तिक २२ गते सदरमुकाम सरेको र सदरमुकामको सुरक्षित स्थानबाटै बैङ्क लुटिएपछि सो क्षेत्रका स्थानीयवासीले अहिलेसम्म सुन फिर्ता बारे कुनै जानकारी पाएका छैनन् । नेपाल बैङ्क लिमिटेड डडेल्धुरा शाखाका अनुसार तीन किलो ८०२ ग्राम सुन लुटिएको हो ।

झण्डै दुई दशक बित्नलाग्दा समेत सुन फिर्ता पाउन नसकेको पुर्चौडीका स्थानीयवासी धनबहादुर बोहराले बताउनुभयो । आफ्नो घरपरिवारले बैङ्कमा राखेको अढाइ तोला सुन र सोको क्षतिपूर्ति हालसम्म पनि पाउन नसकेको उहाँले बताउनुभयो ।
“सदरमुकामबाटै बैङ्क लुटियो भन्ने खबर मात्रै पायौँ, अहिलेसम्म कसले किन लुट्यो भन्नेबारेमा कुनै छानबिन गरेर रिपोर्ट सार्वजजिक गरिएको छैन”, बोहराले भन्नुभयो, “बैङ्कबाट यति धेरै ठूलो परिमाणमा सुन लुटिएको बैतडीमा पहिलो घटना हो तर राज्यले कुनै छानबिन गरेको छैन ।” बैङ्कको डडेल्धुरा शाखाका अनुसार पुर्चौडीको चोरी भएको सुन करीब ३०० मध्ये ९४ जनाले सुन बराबरको रकम फिर्ता पाइसकेको शाखा प्रबन्धक रामचन्द्र जोशीले बताउनुभयो ।

सर्वाेच्च आदलतबाट २०६४ मङ्सिर २८ गतेको फैसलाअनुसार डडेल्धुरा शाखामा सम्पर्क गर्न गोरखापत्रमा २०७० असार १० गते सूचना प्रकाशित गरिएको र शाखाबाट ९४ जनाले करीब एक किलो ५०० ग्राम सुन बराबरको रकम फिर्ता लगेका हुन् । अन्य २०६ ऋणि सम्पर्कमा नआएकाले रकम फिर्ता नगरिएको शाखा प्रबन्धक जोशीले बताउनुभयो ।
लुटपाटको घटनापछि नेपाल बैंङ्क लिमिटेडको पुर्चौैडी, डडेल्धुराको जोगबुढा, दार्चुलाको गोकुलेश्वर र लटैनाथ, डोटीको जोरायल र बझाङको बीचगडा शाखालाई एकीकृत गरी हाल संयक्तरुपमा डडेल्धुरा सदरमुकाममा बैङ्क सञ्चालनमा रहेको शाखा प्रबन्धक जोशीले बताउनुभयो । बैतडी, दार्चुला, बझाङ र डोटीमा हालसम्म सो बैङ्कका शाखा पुनःस्थापना हुन सकेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?