वीर अस्पतालको उपकुलपतिका लागि को – को छन् दाैडमा ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
३५ पटक हेरिएको
Shares
वीर अस्पतालको उपकुलपतिका लागि को – को छन् दाैडमा ?

सारांश

  • काठमाडाै, २५ साउन ।
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपति सिफारिस गर्न गठित समितिले अनौपचारिक छलफल थालेको छ ।
  • प्रधानमन्त्री तथा न्याम्सका कुलपति केपी शर्मा ओली बिहिवार स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएका थिए ।

काठमाडाै, २५ साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपति सिफारिस गर्न गठित समितिले अनौपचारिक छलफल थालेको छ । प्रधानमन्त्री तथा न्याम्सका कुलपति केपी शर्मा ओली बिहिवार स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएका थिए । समितिमा विज्ञ डा सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य छन् ।

समितिको शुक्रवार अनौपचारिक छलफल भए पनि उपकुलपति सिफारिसबारे कुनै निर्णय नभएको स्वास्थ्यमन्त्री यादवले बताए । स्रोतका अनुसार उपकुलपतिका दाबेदारहरुको बारेमा छलफल भए पनि व्यक्ति औपचारिक बैठकमा मात्रै व्यक्ति केन्द्रित छलफल हुनेछ । न्याम्सको उपकुलपतिका लागि डा.भगवान कोइराला, डा. जागेश्वर गौतम, श्रीकृष्ण गिरी, सीताराम चौधरी र डिएन शाहको नाम छलफलमा आएको छ । प्रधानमन्त्री तथा नेकपाको तर्फबाट जागेश्वर र भगवानको नाम अघि सारिएको छ । स्वास्थ्यमन्त्री यादवको लिष्टमा सीताराम चौधरी र डिएन शाह रहेको स्रोतको दावी छ ।

यसैबीच वीर अस्पतालका केही चिकित्सक तथा कर्मचारी युनियनहरुले भने न्याम्सभन्दा बाहिरबाट उपकुलपति ल्याउन नपाइने भन्दै स्वास्थ्यमन्त्री यादवको ध्यानाकर्षण गराएका छन् । यसो हुँदा डा. भगवान कोइरालालगायतलाई रोक्न सकिनेछ । त्यसो त डिएन शाह पनि न्याम्सभन्दा बाहिरका हुन् ।न्याम्सको रजिस्टारमा भने एक्लै दौडमा मेडिकल काउन्सिलका रजिस्टार एवं प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दीलिप शर्मा छन् ।

वीर अस्पतालको निर्देशकमा डा. भुपेन्द्र बस्नेतलाई निरन्तरता दिन लागिएको स्रोतले जनाएको छ । न्याम्सका उपकुलपति डा गणेश गुरुङसहित पदाधिकारीले बिहीबारबाट अवकाश पाएका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ghanashyam Baral

    हेर्नू छ अब कत्िकाे याग्य मान्छे छान्दा रहेछन ।

    Comment Author

    Harihar Bhattarai

    दौडमा जो भएपनी सेवाको लागि होईन कमाउन कै लागि मात्र त हो नि।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा
तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा
शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव
शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव
असार ७ गते शनिबार कुन राशीलाई कस्तो छ दिन ?
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री
बसमा करेन्ट लागेर मानवीय क्षति हुनु दुःखद् : प्राधिकरण
बसमा करेन्ट लागेर मानवीय क्षति हुनु दुःखद् : प्राधिकरण
अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !
अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !
विश्वकप फुटबल २०१८: फ्रान्ससंग अस्ट्रेलिया पराजित
विश्वकप फुटबल २०१८: फ्रान्ससंग अस्ट्रेलिया पराजित
चीनमा घट्यो कोरोनाको संक्रमण, चीनबाहिर २४ घण्टामा ५२ जनाको मृत्यु
चीनमा घट्यो कोरोनाको संक्रमण, चीनबाहिर २४ घण्टामा ५२ जनाको मृत्यु
औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन
औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन
अमृत खाती र पार्वती कार्कीले ल्याए “बिउ खायो किरैले”(हेर्नुहोस)भिडियो/
अमृत खाती र पार्वती कार्कीले ल्याए “बिउ खायो किरैले”(हेर्नुहोस)भिडियो/

तपाईंले छुटाउनुभयो कि?