आधा भन्दा बढी महिलामाथि कार्यकक्षमै यौन दुव्र्यवहार !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
२६ पटक हेरिएको
Shares
आधा भन्दा बढी महिलामाथि कार्यकक्षमै यौन दुव्र्यवहार !

सारांश

  • बेलायतमा आधाभन्दा बढी महिलामाथि कार्यकक्षमै यौन दुव्र्यवहार हुने गरेको छ ।
  • पछिल्लो एक सर्वेक्षणले सो जानकारी दिएको हो ।
  • कमरेस नामक संंस्थाले गरेको सो सर्वेक्षणमा हरेक पाँचजनामा एक पुरुषमाथि यौन दुव्र्यवहार हुने गरेको उल्लेख छ ।

बेलायतमा आधाभन्दा बढी महिलामाथि कार्यकक्षमै यौन दुव्र्यवहार हुने गरेको छ । पछिल्लो एक सर्वेक्षणले सो जानकारी दिएको हो । कमरेस नामक संंस्थाले गरेको सो सर्वेक्षणमा हरेक पाँचजनामा एक पुरुषमाथि यौन दुव्र्यवहार हुने गरेको उल्लेख छ । सर्वेक्षणमा सहभागी महिलामध्ये ६३ प्रतिशत महिलाले आफूमाथि भएको दुव्र्यवहार गोप्य रूपमा राख्ने गरेका छन् । सर्वेक्षणमा दुई हजारभन्दा बढी महिला सहभागी थिए ।

सहभागीमध्ये एकचौथाइ महिलाले आफूहरूमाथि अश्लील जोक गरेको बताएका छन् भने हरेक सातमध्ये एकले आफूहरूलाई पुरुषले अनुचित ढंगले स्पर्श गरेको बताएका छन् । त्यस्तै, हरेक १० मध्ये एक महिलाले आफूमाथि यौन दुव्र्यवहार भएको बताएका छन् ।

अधिकांश महिलालाई बोस वा कार्यालयका वरिष्ठ कर्मचारीले दुव्र्यवहार गरेको सहभागीले बताएका छन् । हरेक १० जनामध्ये एकजनाले दुव्र्यवहारकै कारण कार्यालय छोडेको बताएका छन् । महिला हाकिमले कार्यालयका सामान्य कर्मचारीलाई दुव्र्यवहार गरेको पनि सर्वेक्षणमा उल्लेख छ ।

एक पुरुषले आफ्ना महिला हाकिमको यौन दुव्र्यवहारबाट पीडित भएको बताएका छन् । ‘मेलै काम गर्ने कार्यालयकी महिला प्रमुखले बारम्बार मेरो अनुहारबारे टिप्पणी गर्छिन् । मेरो लगाउने शैली, मेरा छातीका रौँबारे बारम्बार प्रश्न गर्छिन्,’ एक सहभागीले भने, ‘मलाई हेरेर अन्य महिला कर्मचारी पनि गलल्ल हाँस्छन्, जसका कारण मलाई काम गर्न निकै असहज भएको छ,’ उनले भने । कार्यालयका महिलाले अनावश्यक चासो दिँदा आफूलाई डिप्रेसन भएको उनको भनाइ छ ।

हलिउड निर्माता हार्भे विन्सटनमाथि दर्जनौँ महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागिरहेकै वेला कार्यकक्षमा हुने यौन दुव्र्यवहारबारे सर्वेक्षण भएको हो । हलिउड नायिका एन्जेलिना जोलीलगायत एक दर्जन महिलाले विन्सटनले यौन दुव्र्यवहार गरेको आरोप लगाएका छन् । तर, विन्सटनले भने सहमतिमै यौन सम्बन्ध भएको बताउँदै आएका छन् । यसैबीच, लेबर पार्टीकी सांसद क्रिगले सात वर्षको उमेरमा नै विद्यालयमा १२ जना केटाहरूले दुव्र्यवहार गरेको बताएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?