राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित

सारांश

  • १० कात्तिक, काठमाडौं ।
  • राष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला ताप्लेजुङ पुगेकी राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित भएकी छन् ।
  • शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट तेप्लेेजुङ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी खराव मौसमका कारण पाथीभरा पुग्न नसकेकी हुन् ।

१० कात्तिक, काठमाडौं । राष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला ताप्लेजुङ पुगेकी राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित भएकी छन् ।

शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट तेप्लेेजुङ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी खराव मौसमका कारण पाथीभरा पुग्न नसकेकी हुन् ।

पाथीभरामा अवतरण हुन नसकेपछि हेलिकप्टर सुकेटार बिमानस्थलमा अवतरण गरिएको थियो । बिमानस्थलको रणभीम गुल्ममा उनलाई फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल, प्रमुखजिल्लाअधिकारी मोनबहादुर जिसी, बरिष्ठ प्रहरी उपरीक्षकपिताम्बर अधिकारी सहितनयाँ रणभीम गुल्मकागुल्मपति रबि केसी सहितले स्वागत गरे ।

स्वर्गीय पति मदन भण्डारीको जन्मस्थलमा गरिने नागरिक अभिनन्दनका लागि राष्ट्रपति ताप्लेजुङ पुगेकी हुन् ।

पाथीभरामा अवतरण हुन नसकेपछि उनले हेलिकप्टरबाटै उपल्लो ताप्लेजुङको घुन्सा र गोला क्षेत्रको अवलोकन भने गरेकी छन् ।

दिउँसोसम्म पनि मौसममा सुधार नआएपछि राष्ट्रपति भण्डारी नागरिक अभिनन्दनका लागि मदन भण्डारीको जन्मस्थल मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघु पुगेकी छन् ।

त्यहाँ उनले पति भण्डारीको जन्मघरको अवलोकन गर्नेछिन् भने मैवाखोला गाउँपालिका र मैवाखोला सेवा समाजले गर्ने अभिनन्दन ग्रहण गर्नेछिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?