प्रदेश राजधानी हेटौडाबाट नसार्न चेतावनी
सारांश
- हेटौडा,३ मंसिर ।
- नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरलेले प्रदेश ३ को राजधानी हेटौडाबाट नसार्न चेतावनी दिनुका साथै राजधानी हेटौडाबाट सारिए कडा आन्दोलनको चेतावनी पनि दिएको छ।
- नेपाली कांग्रेस कार्यवाहक अध्यक्ष बिष्णु प्रसाद लामिछानेको अध्यक्षतामा बसेको बैठकले प्रदेश ३ को राजधानी बिभिन्न किसिमले हेटौडा नै उपयुक्त भएको निस्कर्ष निकाल्दै राजधानी अन्यत्र सार्ने खेलमा नलाग्न सांसदहरुलाई पनि आग्रह गरिएको छ।
हेटौडा,३ मंसिर । नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरलेले प्रदेश ३ को राजधानी हेटौडाबाट नसार्न चेतावनी दिनुका साथै राजधानी हेटौडाबाट सारिए कडा आन्दोलनको चेतावनी पनि दिएको छ। नेपाली कांग्रेस कार्यवाहक अध्यक्ष बिष्णु प्रसाद लामिछानेको अध्यक्षतामा बसेको बैठकले प्रदेश ३ को राजधानी बिभिन्न किसिमले हेटौडा नै उपयुक्त भएको निस्कर्ष निकाल्दै राजधानी अन्यत्र सार्ने खेलमा नलाग्न सांसदहरुलाई पनि आग्रह गरिएको छ।
बोल्ने अधिकांस पदाधिकारीहरु तथा जिल्ला सदस्यहरुले पनि कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णय बिपरित जान खोजे सरकार त्यसको क्षतिपुर्ति व्यहोर्न तयार हुनु पर्ने बताएका थिए। यता प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले राजधानीको मुद्दा सहमती मै टुंगिने र त्यति ठुलो बिबाद नरहेको बताउदै आउनु भएको छ। यता सबै पार्टीका युवा नेताहरुले पनि हेटौडाबाट राजधानी सारिए सबै ठप्प पारी नाकाबन्दी लगाउने समेत चेतावनी दिईसकेका छन्। यसैले अहिलेसम्म भौतिक संरचनामा सबै प्रदेशभन्दा अग्रस्थानमा देखिएको हेटौडालाइ राजधानी बनाउन बिभिन्न कारण सहित उपयुक्त देखिन्छ। समृद्दीको नारा लिएर देश अगाडी बढिरहेको बेलामा तोकिएको राजधानी सार्नु भनेको जनतालाई मुठभेडमा निम्त्याउनु हो , गलत नजिरको असर अन्य प्रदेशमा पनि परी देश नै आन्दोलनमय हुने सम्भावना रहन्छ।
निश्चित कार्ययोजना लिएर जनताका समस्या सम्बोधन गर्ने लक्ष लिएर अगाडी बढेको सरकारलाई यो कदापि राम्रो होइन। यसैले तत्काल आफ्ना केहि व्यवहारिक समस्या देखिए पनि तोकिएको राजधानी हेडालाइ नै स्थाई बनाएर दुविधाको अन्त्य गर्नु र अग्रगमनको लागि मार्ग प्रशस्त गर्नु प्रदेश माननीयहरुको दायित्व हो।
प्रतिक्रिया