दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल- काम धमाधम

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २१ माघ- बाराको जितपुर–सिमरामा बन्ने बहुप्रतिक्षित दोस्रो अन्तराष्ट्रिय विमानस्थलको काम सुरु हुने भएको छ ।
  •  एक वर्षअघि चार किल्ला छुट्याइ सीमांकन गरिएको आयोजनाले ६ महिनाअघि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरे पनि सुस्त रहेको आयोजनाले एक सातायता मुआब्जा वितरण गर्न थालेपछि निर्माण तयारीका लागि काम धमाधम सुरु भएको आजको कारोबारमा खबर छापिएको छ।
  • कोहल्बी नगरपालिका काटगाउँका बासिन्दाहरूले सरकारले तय गरेको मुआब्जा कम भएको भन्दै अटेर गरेका थिए ।

काठमाडौं, २१ माघ- बाराको जितपुर–सिमरामा बन्ने बहुप्रतिक्षित दोस्रो अन्तराष्ट्रिय विमानस्थलको काम सुरु हुने भएको छ । एक वर्षअघि चार किल्ला छुट्याइ सीमांकन गरिएको आयोजनाले ६ महिनाअघि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरे पनि सुस्त रहेको आयोजनाले एक सातायता मुआब्जा वितरण गर्न थालेपछि निर्माण तयारीका लागि काम धमाधम सुरु भएको आजको कारोबारमा खबर छापिएको छ।

कोहल्बी नगरपालिका काटगाउँका बासिन्दाहरूले सरकारले तय गरेको मुआब्जा कम भएको भन्दै अटेर गरेका थिए । स्थानीयले राज्यका सबै निकायमा पुगे पनि कतै सुनुवाई नभएपछि मुआब्जा लिँदै छाड्न थालेपछि विमानस्थलको कामले गति पाएको हो ।

काटगाउँ र ककडीका ५५ घरले मुआब्जा लिन आयोजनामा निवेदन दिएको विमानस्थल सिमराका वरिष्ठ अधिकृत विजय यादबले जानकारी दिए । अन्य ५० घरधुरीले पनि निवेदन दिएपछि अव आयोजनाको कामले गति लिने उनको भनाइ छ । विमानस्थल निर्माणका ११ हजार ८ सय बिघा क्षेत्रमध्ये विमानस्थलभित्र पर्ने १ सय १० बिघा नम्बरी जग्गा अधिग्रहण गर्न आयोजना सफल भएको छ ।

अव १ महिनाभित्र ईआईए प्रतिवेदन मन्त्रालयमा पेश गरिनेवित्तिकै सेनाद्वारा रुख काट्ने काम सुरु हुने आयोजनाले जनाएको छ । विमानस्थल पश्चिमको पसाह खोलामा ७ सय ५० मिटर लम्बाईका तटबन्ध निर्माण कार्यसमेत धमाधम भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकासम्म पुग्यो
अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकासम्म पुग्यो
नेपालमा ओटिटी : विदेशीमै छन् दर्शक
नेपालमा ओटिटी : विदेशीमै छन् दर्शक
तीन दशकमा ६ पूर्व-गृहमन्त्रीलाई फौजदारी मुद्दा
तीन दशकमा ६ पूर्व-गृहमन्त्रीलाई फौजदारी मुद्दा
जसपाकाे समीक्षा बैठकमा कुटाकुट, चार कार्यकर्ता घाइते
जसपाकाे समीक्षा बैठकमा कुटाकुट, चार कार्यकर्ता घाइते
सरकारी चिकित्सकले लिए सहमतिपछि आन्दोलन फिर्ता
नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो
नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो
विमान दुर्घटनामा ज्यान गुमाएका, घाइतेका परिवारले १० करोडसम्म पाउने
जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री
जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
डा. देवकोटा पछिलो अवस्था :मान्छे चिन्छन्, बोल्न सक्दैनन् !
डा. देवकोटा पछिलो अवस्था :मान्छे चिन्छन्, बोल्न सक्दैनन् !

तपाईंले छुटाउनुभयो कि?