किन भने न्ह्युले आफूलाई ‘बलिको बाख्रो ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
३० पटक हेरिएको
Shares
किन भने न्ह्युले आफूलाई ‘बलिको बाख्रो ?

सारांश

  • काठमाडौं : शनिबार आयोजित ११औं शृंखलामा रवि प्राञ्जल र करुण थापासँगै न्ह्यु वज्राचार्य र सचिन सिंह प्रस्तुत भएपछि महफिलले बेग्लै उचाइ पाएको भन्दै आयोजक हौसिएका छन् ।
  • सर्वनाम थिएटर, उर्वरा फाउन्डेसन, साहित्य परिवार र मधुवनको संयुक्त आयोजनामा हरेक दुई महिनामा आयोजना हुने महफिलमा यसपालि रवि र करुणका गजल सुनिएका हुन् ।
  • ‘घरभित्र कोही थियो सँघारमा कोही रैछ मुटुभित्र कोही थियो निधारमा कोही रैछ ।

काठमाडौं : शनिबार आयोजित ११औं शृंखलामा रवि प्राञ्जल र करुण थापासँगै न्ह्यु वज्राचार्य र सचिन सिंह प्रस्तुत भएपछि महफिलले बेग्लै उचाइ पाएको भन्दै आयोजक हौसिएका छन् ।

सर्वनाम थिएटर, उर्वरा फाउन्डेसन, साहित्य परिवार र मधुवनको संयुक्त आयोजनामा हरेक दुई महिनामा आयोजना हुने महफिलमा यसपालि रवि र करुणका गजल सुनिएका हुन् ।
‘घरभित्र कोही थियो सँघारमा कोही रैछ
मुटुभित्र कोही थियो निधारमा कोही रैछ ।’
करुणको गजलका यी शेरले कार्यक्रमको सुरुआत नै प्रेमिल बनाइदिएको थियो । रवि प्राञ्जलले गजलको सुरुआत यस्तो शेरबाट गरेका थिए :
‘पुगेथेँ म टाढा उनी सम्झी आएँ
त्यो बितिसकेको जुनी सम्झी आएँ ।’

गजल वाचनबाटै ओजिलो बनेको महफिलको माहोल संगीतकार तथा गायकद्वय न्ह्यु र सचिनले उत्कर्षमा पुर्‍याइदिए । हातमा गितार बोकेर आँखा चिम्लिँदै गजलका शब्दशब्दमा डुबेर गाए पनि न्ह्युले आफूलाई ‘बलिको बाख्रो’ भनिरहेका थिए । उनको ठट्यौलो शैलीले महफिललाई पनि रसिक बनाइदिएको थियो । बेलाबेलामा ठट्यौलो पारामा सोधिरहेका थिए, ‘हामीले गाएको गजल गजलजस्तै भा’छ ? ’ सचिनले ‘फूलको पिर’ गजल गाएर कार्यक्रमको बिट मारे । दुई गायकसँग जमेको थियो, हेमन्त रसाइलीको सारंगी । दर्शकको ताली र ‘वान्स मोर’सँगै गजलमा सारंगीको र्‍याइँर्‍याइँले भरेको मिठासलाई औधि मन पराइएको थियो  ।

महफिलमा यसअघि दिनेश गौतम, सुवास अगम लगायतका गायक र रावत, शीतल कादम्बिनी, कपिल अञ्जान, सुधा शाही, टीकाराम भण्डारी, बाबु त्रिपाठी लगायतका गजलकार प्रस्तुत भइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा
नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा
मुलुकी अपराध संहिता सुधार गर्न महासंघको माग
मुलुकी अपराध संहिता सुधार गर्न महासंघको माग
सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर
सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने !  (हेर्नुहोस् २ मिनेटको भिडियो)
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने ! (हेर्नुहोस् २ मिनेटको भिडियो)
उम्मेदवारी दर्ता सकियो, कसरी चुनिन्छन् भावी राष्ट्रपति
उम्मेदवारी दर्ता सकियो, कसरी चुनिन्छन् भावी राष्ट्रपति
महोत्तरीको हाटबजारमा सिक्का पैसा चल्दैन
महोत्तरीको हाटबजारमा सिक्का पैसा चल्दैन
So why Ignoring Legit Mail Purchase Brides – Bridex. net Will Price You Time and Sales
रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल सर्वसम्मत चयन
रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल सर्वसम्मत चयन
कांग्रेसको जनजागरण अभियान किन बन्यो आलोचित, निराश बने कार्यकर्ता
कांग्रेसको जनजागरण अभियान किन बन्यो आलोचित, निराश बने कार्यकर्ता
‘लभ डायरीज’ गीत : आकर्षक लोकेशनमा रोमान्टिक बनेका सुशील–रुविना
‘लभ डायरीज’ गीत : आकर्षक लोकेशनमा रोमान्टिक बनेका सुशील–रुविना

तपाईंले छुटाउनुभयो कि?