किन भने न्ह्युले आफूलाई ‘बलिको बाख्रो ?
सारांश
- काठमाडौं : शनिबार आयोजित ११औं शृंखलामा रवि प्राञ्जल र करुण थापासँगै न्ह्यु वज्राचार्य र सचिन सिंह प्रस्तुत भएपछि महफिलले बेग्लै उचाइ पाएको भन्दै आयोजक हौसिएका छन् ।
- सर्वनाम थिएटर, उर्वरा फाउन्डेसन, साहित्य परिवार र मधुवनको संयुक्त आयोजनामा हरेक दुई महिनामा आयोजना हुने महफिलमा यसपालि रवि र करुणका गजल सुनिएका हुन् ।
- ‘घरभित्र कोही थियो सँघारमा कोही रैछ मुटुभित्र कोही थियो निधारमा कोही रैछ ।
काठमाडौं : शनिबार आयोजित ११औं शृंखलामा रवि प्राञ्जल र करुण थापासँगै न्ह्यु वज्राचार्य र सचिन सिंह प्रस्तुत भएपछि महफिलले बेग्लै उचाइ पाएको भन्दै आयोजक हौसिएका छन् ।
सर्वनाम थिएटर, उर्वरा फाउन्डेसन, साहित्य परिवार र मधुवनको संयुक्त आयोजनामा हरेक दुई महिनामा आयोजना हुने महफिलमा यसपालि रवि र करुणका गजल सुनिएका हुन् ।
‘घरभित्र कोही थियो सँघारमा कोही रैछ
मुटुभित्र कोही थियो निधारमा कोही रैछ ।’
करुणको गजलका यी शेरले कार्यक्रमको सुरुआत नै प्रेमिल बनाइदिएको थियो । रवि प्राञ्जलले गजलको सुरुआत यस्तो शेरबाट गरेका थिए :
‘पुगेथेँ म टाढा उनी सम्झी आएँ
त्यो बितिसकेको जुनी सम्झी आएँ ।’
गजल वाचनबाटै ओजिलो बनेको महफिलको माहोल संगीतकार तथा गायकद्वय न्ह्यु र सचिनले उत्कर्षमा पुर्याइदिए । हातमा गितार बोकेर आँखा चिम्लिँदै गजलका शब्दशब्दमा डुबेर गाए पनि न्ह्युले आफूलाई ‘बलिको बाख्रो’ भनिरहेका थिए । उनको ठट्यौलो शैलीले महफिललाई पनि रसिक बनाइदिएको थियो । बेलाबेलामा ठट्यौलो पारामा सोधिरहेका थिए, ‘हामीले गाएको गजल गजलजस्तै भा’छ ? ’ सचिनले ‘फूलको पिर’ गजल गाएर कार्यक्रमको बिट मारे । दुई गायकसँग जमेको थियो, हेमन्त रसाइलीको सारंगी । दर्शकको ताली र ‘वान्स मोर’सँगै गजलमा सारंगीको र्याइँर्याइँले भरेको मिठासलाई औधि मन पराइएको थियो ।
महफिलमा यसअघि दिनेश गौतम, सुवास अगम लगायतका गायक र रावत, शीतल कादम्बिनी, कपिल अञ्जान, सुधा शाही, टीकाराम भण्डारी, बाबु त्रिपाठी लगायतका गजलकार प्रस्तुत भइसकेका छन् ।
प्रतिक्रिया