कांग्रेसका तनहुँवासी नेताहरुद्वारा गोविन्दराजप्रति खेद व्यक्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
४४ पटक हेरिएको
Shares
कांग्रेसका तनहुँवासी नेताहरुद्वारा गोविन्दराजप्रति खेद व्यक्त

सारांश

  • १२ कात्तिक, तनहुँ ।
  • तनहुँवासी नेपाली कांग्रेसका नेताहरुले पार्टीले टिकट नदिए बागी उठ्ने पूर्वगृहमन्त्री गोविन्दराज जोशीको अभिव्यक्तिविरुद्ध खेद व्यक्त गरेका छन् ।
  • कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

१२ कात्तिक, तनहुँ । तनहुँवासी नेपाली कांग्रेसका नेताहरुले पार्टीले टिकट नदिए बागी उठ्ने पूर्वगृहमन्त्री गोविन्दराज जोशीको अभिव्यक्तिविरुद्ध खेद व्यक्त गरेका छन् ।

कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । पूर्वसहमहामन्त्री समेत रहेका जोशी पनि टिकटका आकांक्षी थिए ।

उनले आफूलाई टिकट नदिएर अर्को चुनाव चिन्ह लिएर भएपनि चुनाव लड्ने बताएका छन् । शनिबार पार्टी शीर्ष नेताहरुले जोशीलाई समानुपातिकमा बस्न आग्रह गरेपनि उनले अस्वीकार गर्दै यसबारे थप कुरा नगर्न भनेका छन् ।

तनहुँबासी केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेल लगायतका नेताहरुले भने आइतबार वक्तव्य जारी गर्दै जोशीप्रति खेद व्यक्त गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘बालुवाटरमा प्रधानमन्त्रीले बोलाई विविध कारण देखाउँदै समानुपातिकमा बस्न आग्रह गर्दा जोशीले आफूलाई टिकट दिएमा ‘रुख चिन्ह लिइ प्रत्यक्षतर्फ चुनाव लड्ने नत्र आफ्नै चिन्ह लिइ लड्छु, यस विषयमा अब मलाई कुनै सम्पर्क नगर्नु होला’ भनि धृष्टतापूर्ण अभिव्यक्तिप्रति खेद प्रकट गर्दछौं ।’

कांग्रेसका नेताहरुले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट दिन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
केपी शर्मा ओलीले प्राप्त गरे दुई तिहाई विश्वासको मत, डा. बाबुराम अनुपस्थित
केपी शर्मा ओलीले प्राप्त गरे दुई तिहाई विश्वासको मत, डा. बाबुराम अनुपस्थित
अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटनलाई जोड्दै पूजनीयम बराह
अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटनलाई जोड्दै पूजनीयम बराह
२८ औँ स्मृति विशेष : सम्झनामा स्वर सम्राट नारायण गोपाल
२८ औँ स्मृति विशेष : सम्झनामा स्वर सम्राट नारायण गोपाल
बाँकी रहेका इस्लामिक स्टेटका लडाकूलाई टर्कीले समाप्त गर्छ – ट्रम्प
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
एकैपटक दुई निर्वाचन गर्न सकिँदैन : प्रमुख निर्वाचन आयुक्त
एकैपटक दुई निर्वाचन गर्न सकिँदैन : प्रमुख निर्वाचन आयुक्त
ठगीको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ ।
ठगीको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ ।
यो युग काम गर्ने युग हो, भाषण गर्ने होइनः उर्जामन्त्री शाही
यो युग काम गर्ने युग हो, भाषण गर्ने होइनः उर्जामन्त्री शाही
विप्लव नेकपाबाट हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोला निष्काशित
विप्लव नेकपाबाट हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोला निष्काशित