एन. बी दाहालको पहिलो पहिलो भेटमै कस्तो माया बस्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २१, २०७३
|
|
४१७ पटक हेरिएको
Shares
एन. बी दाहालको पहिलो पहिलो भेटमै कस्तो माया बस्यो

सारांश

  • लामो समय देखि संगीत क्षेत्रमा आफ्नो अमुल्य योगदान दिदै लागि परेका संगीतकार तथा गायक एन.
  • बी दाहाल बिगत २० वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका हुन्।
  • नेपालकै पुरानो रेडियो  रेडियो नेपालबाट बिभिन्न गीतहरुमा आफ्नो आवाज भरिसकेका एन।

लामो समय देखि संगीत क्षेत्रमा आफ्नो अमुल्य योगदान दिदै लागि परेका संगीतकार तथा गायक एन. बी दाहाल बिगत २० वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका हुन्। नेपालकै पुरानो रेडियो  रेडियो नेपालबाट बिभिन्न गीतहरुमा आफ्नो आवाज भरिसकेका एन। बी दाहालले लालिमा एल्बम दर्सक स्रोता माझ प्रस्तुत गरि सकेका छन् । लालिमा एल्बममा एउटा बस्तीको कथा, माया धेरै माथि , परदेश बाट , मनै त हो गरि ४ ओटा गीतहरु समाबेश गरेका हुन्।

नेपालका बिभिन्न चर्चित गायक तथा गायिका जस्तै सुक्मित गुरुङ, सपना श्री, यम बराल , स्वरुप राज आचार्य र अन्य कलाकारहरुले उनको संगीतमा आफ्नो आवाज भरिसकेका छन्। संगीतकार एन। बी दाहालले चाडै अर्को एल्बम प्रेमी बजारमा लिएर आउने तरखरमा छन्।

विदेशमा रहेर पनि नेपाली संगीतलाई माया गरि नेपाली संगीतको उत्थानमा लागेका एन. बी दाहाल नेपालमा छँदा अरु विधा जस्तै खेलकुद क्षेत्रमा सलग्न रहेको थिए र साथै खेलाडी भै १९८० मा मस्को ओलमपिक खेल र एथलेटिक खेलमा नेपालको प्रतिनिधि गरेका थिए।

साथै धेरै वर्ष राष्ट्रिय प्रसिक्षक भै काम गरेको संगीतकार एन. बी दाहालले “पहिलो पहिलो भेटमै माया बसेकोू बोलको म्यूजिक भीडीयो सार्वजनिक गरेका छन् । गीतमा उनकै संगीत र शब्द रहेको छ । सार्वजनिक गरिएको भिडियोमा नेपालकै चर्चित मोडेल तथा भी. जे बिबेक सिंह ठकुरी र प्राप्ति गिरी पौडेलले अभिनय गरेका छन्। प्रसन्न पौडेलको निर्देशन र छायांकन रहेको भिडियो सुशील न्यौपानेको सम्पादन रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?