कृषि सचिव डा. जिसी राजीनामा दिएर विश्व खाद्य कार्यक्रमको लागि बैंकक जाँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १२, २०७६
|
|
४७ पटक हेरिएको
Shares
कृषि सचिव डा. जिसी राजीनामा दिएर विश्व खाद्य कार्यक्रमको लागि बैंकक जाँदै

सारांश

  • काठमाडौं, १२ माघ ।
  • कृषि सचिव डा.
  • युवकध्वज जिसी संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रममा जागिर खानको लागि राजीनामा दिने तयारीमा पुगेका छन् ।

काठमाडौं, १२ माघ । कृषि सचिव डा.युवकध्वज जिसी संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रममा जागिर खानको लागि राजीनामा दिने तयारीमा पुगेका छन् । उनीनिकट स्रोतले जनाएअनुसार जिसीले छिट्टै राजीनामा दिने भएका छन् ।

विश्व खाद्य कार्यक्रमको आग्रहमा जिसी बैंकक जान लागेका हुन् । उनले त्यहाँ बसेर रिजनल प्रमुखको जिम्मोवरी सम्हाल्ने बुझिएको छ । जिसीले उच्च श्क्षिा बेलायतमा हाँसिल गरेका हुन् भने आफ्नो विद्यावारिध भने युरोपको स्विट्जरल्याण्डबाट हाँसिल गरेका हुन् । उच्च शिक्षाको लागि मात्रै उनले युरोपमा दश वर्षभन्दा बढि समय व्यतित गरेका थिए ।

जिसी ‘खाद्य तथा पोषण सुरक्षा’ सम्बन्धी विज्ञ हुन् । पोषणयुक्त खाद्य सम्बन्धी अन्तर्रा्िष्ट्रय गोष्ठीमा समेत उनले धेरै पटक भाग लिईसकेका छन् । सचिवको हैसियतमा उनले दीगो विकास लक्ष्य हासिल हुनेगरी गरिबी निवारण गर्न र षोषणयुक्त खाद्य बस्तु उत्पादनमा विशेष भूमिका निर्वाह गरेका थिए ।

विश्व खाद्य कार्यक्रमको लागि बैंककमा बसेर रिजनल प्रमुखको जिम्मेवारी सम्हाल्नको लागि आएको अवसरलाई खेर फाल्न नहुने सुझाव आएपछि उनी यो बैंककतर्फ प्रस्थान् गर्ने तयारीमा जुटेका छन् । ‘सम्भवतः उहाँले सचिवबाट छिट्टै राजीनामा दिनुहुनेछ’–मन्त्रालय स्रोतले भन्यो,‘उहाँ बैंकक जाने अन्तिम तयारीमा जुटिसक्नुभएको छ ।’

जिसीको कार्यशैलीलाई मन्त्रालयका सबै कर्मचारीहरुले मन पराएका छन् । कतिसम्म भने उनी सचिव हुँदो धेरै सरकार फेरबदल भए । यो बीचमा धेरै मन्त्रीहरु पनि नयाँ आए । तर, उनलाई भने कसैले पनि सरुवा गर्न चाहेनन् । कारण उनको कार्यशैली हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले ९६ रनको लक्ष्य ८ ओभरमै जित्यो
नेपालले ९६ रनको लक्ष्य ८ ओभरमै जित्यो
जिल्ला अस्पताल भवन निर्माणमा ढिलाइ, चिकित्सक पनि अपुग
जिल्ला अस्पताल भवन निर्माणमा ढिलाइ, चिकित्सक पनि अपुग
विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा चार जना पक्राउ
विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा चार जना पक्राउ
सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
अरुण थापाको स्मृतिमा सांस्कृतिक संस्थानमा विशेष कार्यक्रम हुँदै
अरुण थापाको स्मृतिमा सांस्कृतिक संस्थानमा विशेष कार्यक्रम हुँदै
पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच करिब दुई घन्टा छलफल
पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच करिब दुई घन्टा छलफल
सेवाबाट अवकाश पाइसकेका डा. केसीले भने ‘माग पूरा नभए अनशन बस्छु’
सेवाबाट अवकाश पाइसकेका डा. केसीले भने ‘माग पूरा नभए अनशन बस्छु’
पुरानै लयमा फर्किंदै प्रधानमन्त्री ओली
पुरानै लयमा फर्किंदै प्रधानमन्त्री ओली
वैदेशिक रोजगारीमा ठगी रोकिएन, अनलाइन प्रणालीमै पनि यसरी ठग्न थालियो
वैदेशिक रोजगारीमा ठगी रोकिएन, अनलाइन प्रणालीमै पनि यसरी ठग्न थालियो
मतदान गरेपछि बालेन शाहले भने-हाम्रो अवस्था एकदमै राम्रो देखियो
मतदान गरेपछि बालेन शाहले भने-हाम्रो अवस्था एकदमै राम्रो देखियो