बारा प्रहरी कार्यालय जाँदै हुनुहुन्छ ? मोबाइल अफ गर्नुहोस्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बारा प्रहरी कार्यालय जाँदै हुनुहुन्छ ? मोबाइल अफ गर्नुहोस्

सारांश

  • जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी कार्यालय परिसरभित्र मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
  • सोमबारदेखि कार्यालय परिसर भित्र मोबाइल प्रयोग गर्न नपाइने सूचना नै जारी गरेको हो ।
  • प्रहरी कार्यालयभित्र प्रवेश गर्दा मोबाइल स्वीच अफ गर्नुपर्ने व्यहोरा सहितको सूचना जिल्ला प्रहरी कार्यालय बाराको मुख्य प्रवेशद्वारमा टाँसिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी कार्यालय परिसरभित्र मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सोमबारदेखि कार्यालय परिसर भित्र मोबाइल प्रयोग गर्न नपाइने सूचना नै जारी गरेको हो ।

प्रहरी कार्यालयभित्र प्रवेश गर्दा मोबाइल स्वीच अफ गर्नुपर्ने व्यहोरा सहितको सूचना जिल्ला प्रहरी कार्यालय बाराको मुख्य प्रवेशद्वारमा टाँसिएको छ । बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले प्रहरी कार्यालय परिसरमा छलफलमा बस्दा मोबाइल प्रयोग गर्न नपाइने व्यवस्था मिलाइएको बताए । ‘ विभिन्न मुद्दाको छलफलमा भएका कुराकानीको रेकर्ड गरी गाउँघरमा लगेर सेवाग्राहीहरुबीच झै झगडा भएको जानकारी आयो ।’ उनले भने ‘ यस्ता क्रियाकलाप नहोस भनेर मोबाईल प्रयोगमा प्रतिबन्ध लगाएका हौं ।’ उनले अनौपचारिक कुराकानी पनि सेवाग्राहीहरुले मोबाइलमा रेकर्ड गर्ने गरेका कारण मोबाइल प्रयोगमा पूर्ण रुपमा रोक लगाइएको जानकारी दिए ।

सञ्चार सम्बद्ध संघ संगठनद्वारा आपत्ती
प्रहरी कार्यालय परिसरमा मोबाइल प्रयोगमा प्रहरीले लगाएको प्रतिबन्ध प्रति पत्रकार सम्बद्ध विभिन्न संघ संगठनले आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष लक्ष्मी साहले जिल्ला प्रहरी कार्यालय परिसरमा मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने कार्य निन्दनीय भएको बताए । ‘जुनसुकै बहानामा पनि मोबाइल प्रयोगमा रोक लगाउनु प्रहरीको निन्दनीय कार्य हो ’ उनले भने ।

प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारीले पनि मोबाइल प्रयोगमा बन्देज लगाउनु प्रहरीको उचित कदम नभएको बताए । ‘ अहिलेको जमानामा पनि प्रहरी कार्यालय भित्र सेवाग्राहीलाई सुरक्षाको नाममा मोबाईल जस्तो संचारको साधनबाट बञ्चित गराउन खोज्नु प्रहरीको गलत र निन्दनीय कदम हो ’ उनले भने ‘प्रहरी अधिकारीहरुले तत्काल यो निर्णय सच्याउनुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?