सुन तस्करी प्रकरणमा छानबिन गर्न समिति गठन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ४, २०८०
|
|
३१ पटक हेरिएको
Shares
सुन तस्करी प्रकरणमा छानबिन गर्न समिति गठन

सारांश

  • काठमाडौं ।
  • बुधबार बरामद भएको ठूलो परिमाणको सुन जाँचपास भएर त्रिभुवन विमानस्थलबाट बाहिरिएको सम्बन्धमा छानबिन गर्न समिति गठन भएको छ ।
  • विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिएका हुन् ।

काठमाडौं । बुधबार बरामद भएको ठूलो परिमाणको सुन जाँचपास भएर त्रिभुवन विमानस्थलबाट बाहिरिएको सम्बन्धमा छानबिन गर्न समिति गठन भएको छ । विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिएका हुन् ।

उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क–कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्नेछ ।

राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो । यसको यकिन विवरण खुलिसकेको छैन ।

हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’मा राखेर उक्त सुन ल्याइएको हो । विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?