नेकपाबारे निर्वाचन आयोगको निर्णयले को को दंग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
नेकपाबारे निर्वाचन आयोगको निर्णयले को को दंग

सारांश

  • निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने गरी विभाजित दुवै समूहको मागदाबीलाई अस्वीकार गरिदिएपछि कसैमा खुशी त कसैमा पीडा देखिएको छ ।
  • नेकपा विभाजित भई केपी शर्मा ओली र प्रचण्ड(माधव समूह बनेको छ ।
  • दुवै समूहले आफूलाई आधिकारिक नेकपा दाबी गरेका छन् ।

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने गरी विभाजित दुवै समूहको मागदाबीलाई अस्वीकार गरिदिएपछि कसैमा खुशी त कसैमा पीडा देखिएको छ । नेकपा विभाजित भई केपी शर्मा ओली र प्रचण्ड(माधव समूह बनेको छ । दुवै समूहले आफूलाई आधिकारिक नेकपा दाबी गरेका छन् ।

आयोगको निर्णयबाट सबैभन्दा सन्तुष्ट नेकपा उपाध्यक्ष वामदेव गौतम छन् । उनले दुई हप्ता अघि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियासँग टेलिफोन कुराकानी गरेर यसबारे सल्लाह नै गरेका थिए । उनीहरुबीच अहिले आएकै निर्णयबारे कुरा भएको थियो । आयोगको पछिल्लो निर्णयबाट गौतम दंग छन् । तटस्थ भूमिकामा रहेर नेकपा एकता राष्ट्रिय अभियान शुरु गरेका उनले निर्वाचन आयोगको निर्णयले एकतालाई मलजल गरेको बताइसकेका छन् ।

आयोगको निर्णयलाई नेकपा सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । उनी यो निर्णयबाट खुशी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि आयोगको निर्णयबाट खुशी भएको बुझिएको छ । ओली र प्रचण्ड नेतृत्वको नेकपा नै वैधानिक हो भन्ने गरी आयोगको निर्णय आएको हो । ओलीले पार्टी अध्यक्षबाट प्रचण्डलाई हटाएका छैनन् ।

पुष्पकमल दाहाल र माधवकुमार नेपाल भने आयोगको निर्णयबाट झस्किएका छन् । उनीहरुले आफ्नो समूहको नेकपा नै आधिकारिक हुनुपर्ने जिकिर गर्दै आएका थिए । नेकपाको प्रचण्ड(माधव समूहले ओलीलाई पार्टी अध्यक्षबाट नै हटाइसकेको छ । निष्काशनको निर्णय पनि कानुनत वैधानिक नहुने देखिएको छ । यसले प्रचण्ड र माधव नेपाल समूहलाई झड्का पुगेको छ ।

नेकपा फुट्न नदिने गरी आएको निर्णयबाट नेकपाका अधिकांश कार्यकर्ता खुशी देखिएका छन् । उनीहरु पार्टी एक भइरहोस् भन्ने पक्षमा रहँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?