पैसावाल दीपक बोहोरा, सिद्धान्तवाल घनश्याम भुसाल !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
११
|
३६ पटक हेरिएको
Shares
पैसावाल दीपक बोहोरा, सिद्धान्तवाल घनश्याम भुसाल !

सारांश

  • २१ कात्तिक, भैरहवा ।
  • घनश्याम भुसाल र दीपक बोहोरा नेपाली राजनीतिका दुई फरक प्रवृत्तिको प्रतिनिधित्व गर्ने चर्चित पात्र हुन् ।
  • भुसालले सिद्धान्तको पहिचान बोकेका छन् भने बोहोराले सत्ता, शक्ति र पैसालाई राजनीतिको आदर्श बनाएका छन् ।

२१ कात्तिक, भैरहवा । घनश्याम भुसाल र दीपक बोहोरा नेपाली राजनीतिका दुई फरक प्रवृत्तिको प्रतिनिधित्व गर्ने चर्चित पात्र हुन् । भुसालले सिद्धान्तको पहिचान बोकेका छन् भने बोहोराले सत्ता, शक्ति र पैसालाई राजनीतिको आदर्श बनाएका छन् । चुनावी चलखेलमा घनश्याम भुसाल दीपक बोहोराभन्दा कम अनुभवी नेता हुन् ।

रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताका लागि यसपटक रोचक संयोग जुरेको छ- घनश्याम भुसाल रोज्ने कि दीपक बोहोरा ?

वामपन्थी गठबन्धनबाट एमाले उपमहासचिव भुसाल र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष बोहोरा चुनावी मैदानमा आमने-सामने भएका छन् । रुपन्देही सदरमुकाम भैरहवा सहितको भूभाग समेटिएको यो निर्वाचन क्षेत्रमा यसपटक रुपन्देहीको सर्वाधिक चासोको चुनाव हुँदैछ ।

अर्बपति बोहोरा, आदर्शवादी भुसाल

प्रचण्ड सरकारका सबैभन्दा धनाड्यमन्त्रीको सूचीमा रहेका बोहोराको आर्थिक हैसियत करोडमा होइन, अरबौंमा छ । पछिल्लोपटक आयल निगमको जग्गा खरिद काण्डमा समेत संलग्न रहेको आरोप लागेका बोहोरा जसरी पनि चुनाव जित्नुपर्छ भन्ने सिद्धान्तबाट प्रेरित छन् ।

घनश्याम भुसाल ठीक विपरीत धारका नेता हुन् । जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यताले राजनीतिलाई अपराधीकरण र भ्रष्टीकरण बनाउने उनको तर्क छ । दुई विपरीत विचारका नेतामध्ये को रोज्ने भन्ने निर्णय अब रुपन्देही ३ का मतदाताको छ ।

घनश्याम भुसाल एजेण्डा बोकेर चुनावमा होमिएका छन् भने बोहोरा आश्वासन बोकेर गएका छन् ।

बोहोरा र भुसालको राजनीतिक यात्रा

सक्रिय राजतन्त्रदेखि गणतन्त्रसम्म आउँदा करीव ३० वर्षको बीचमा दश पटक मन्त्री बनेका दीपक बोहोरालाई यसपटक नेपाली कांग्रेसले साथ दिएको छ । कांग्रेसका नेता बालकृष्ण खाँणले सो क्षेत्र बोहोरालाई छाडेर समानुपातिकमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

अर्कोतिर नेपाली वामपन्थी आन्दोलनमा प्रखर वक्ता तथा माक्र्सवादी चिन्तकका रुपमा परिचित घनश्याम भुसाल साझा बामपन्थी उम्मेदवारका रुपमा अघि सरेका छन् । राजनीतिक चरित्रका हिसाबले घनश्याम र दीपक बोहोरा ठीक फरक प्रवृत्तिको प्रतिनिधित्व गर्छन् ।

तर, चुनावमा नेताको चरित्र भन्दा पनि चुनावी तिकडम निर्णायक हुने गर्छ ।

जतिबेला नेपालमा विद्यार्थी आन्दोलन चर्किएर पञ्चायती व्यवस्था धरापमा पर्दै थियो, त्यसबेला घनश्याम भुसाल अनेरास्ववियुको नेतृत्वमा उदाउँदै थिए । उता त्यही बेला दीपक बोहोरा पञ्चायत टिकाउन गठन भएको राष्ट्रवादी विद्यार्थी मण्डलको नेतृत्व गरेर राष्ट्रिय पञ्चायतको सिँढी चढ्न खोज्दै थिए ।

बिभिन्न काण्डका कारण राष्ट्रवादी विद्यार्थी मण्डललाई पञ्चायतभित्रै मण्डले भन्न थालिएको थियो । कमल थापा, दीपक बोहोरा, टंक ढकाल जस्ता नेताहरु सोही पृष्ठभूमिबाट राष्ट्रिय राजनीतिमा आएका थिए ।

घनश्याम भुसाल पनि ‘मण्डले’सँग लड्दै अनेरास्ववियुको महासचिवसम्म भएर एमालेको राजनीतिमा स्थापित भए ।

भुसालको आदर्श

दीपक बोहोरा नेपाली राजनीतिमा सत्ता, शक्ति र पैसाका लागि जुनसुकै गठबन्धन गर्न सक्ने खेलाडीका रुपमा चिनिन्छन् । ठीक विपरीत घनश्याम भुसाल राजनीति सिद्धान्तका आधारमा चल्नुपर्छ भन्छन् । उनको यही दार्शनिक पक्षलाई एमालेकै कतिपय कार्यकर्ताले अव्यवहारिक भन्ने गरेका छन् ।
जनतालाई झूठो आश्वासन दिन्न भनेका कारण भुसाल ०७० को चुनावमा कांग्रेस नेता बालकृष्ण खाँणसँग ८८ मतले पराजित भए । भुसालको आदर्शवादी कुराले गर्दा चुनाव हारेको एमालेका नेता कार्यकर्ता अहिले पनि बताउने गर्छन् ।

राजनीतिमा चुनाव जित्न जे पनि गर्नुपर्छ भन्ने दीपक बोहोरा र जे पनि गर्नुहुदैन भन्ने भुसालबीचको प्रतिस्पर्धा यसपटक रोचक बन्ने नै भयो ।

हारजितका उतार- चढाव

राप्रपाका बरिष्ठ उपाध्यक्ष तथा बहालवाला स्वास्थ्यमन्त्री दीपक बोहोराले रुपन्देहीमा पार्टीको संगठनका कारण भन्दा पनि व्यक्तिगत प्रभावका कारण ०७० को चुनाव जितेका हुन् । बहुदलीय व्यवस्थायताका अरु सबै चुनाव हारेका बोहोरा ०७० मा मात्र सफल भएका थिए ।

घनश्याम भुसाल भने यसबीचमा तीन पटक चुनाव लडे । ०५१ मा निर्वाचित एमालेका तत्कालिन सांसद धनपति उपाध्यायको निधनपछि भएको उपचुनावमा भुसालले कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गरेका थिए । ०५६ मा मालेबाट उम्मेदवार बन्दा उनी पराजित भए भने ०७० मा ८८ मतले पराजित भए ।

रुपन्देही ३ को चुनावी मैदानमा उत्रिएका भुसाल र बोहोरा दुवै केन्द्रीय राजनीतिका चर्चित पात्र हुन् । त्यसैले पनि यहाँको लडाई प्रतिष्ठताको विषय बनेको छ । बोहोराले भुसाललाई यो क्षेत्रको टुरिस्ट नेता भनेका छन् । यद्यपि भुसालले ०५१ मा यही क्षेत्रबाट चुनाव जितेका थिए ।

दीपक बोहोराले चुनाव कसरी जित्नुपर्छ भन्ने कुरा घनश्याम भुसालले भन्दा धेरै बुझेका छन् । उनी ०३८ सालदेखि निरन्तर रुपन्देहीमा चुनाव लडिरहेका छन् । उनको चुनाव जित्ने आधार भनेको पार्टी संगठन भन्दा पनि व्यक्तिगत प्रभाव र चलखेल नै हो ।

थारु र मधेसी फ्याक्टर

बोहोराले भैरहवा र आसपासका क्षेत्रको जातीय समीकरणमा पनि खेल्न खोजेका छन् । उनले मधेसी मतदातालाई प्रभावित पार्ने सम्भावना छ । अन्य क्षेत्रका मतदातामा घनश्याम भुसालको प्रभाव रहने देखिन्छ ।

थारुको मत थलामाथि हुन नदिन भुसालसँगै एमालेेले प्रदेशमा थारु नेता तुलसी चौधरीलाई खडा गरेको छ । त्यसो त बोहोरासँगै प्रदेशमा कांग्रेसका थारु नेता देवी चौधरी पनि प्रतिस्पर्धामा छन् ।

थारु र मधेसी मतदातामा दुवै पक्षले आँखा लगाएका छन् । कांग्रेसको पूरै मत बोहोरामा जान्छ कि बिभाजित हुन्छ भन्ने प्रश्न पनि यहाँ महत्वपूर्ण छ ।

बोहोराको व्यक्तिगत मत, भुसालको पार्टीगत

यस चुनावी लडाईमा नेता भुसालले व्यक्तिगत भन्दा पार्टीगत मत बढी पाउने देखिन्छ भने बोहराले पार्टीगत भन्दा व्यक्तिगत मत पाउने देखिन्छ । तर, यी दुवै नेताको ब्याकफोर्सका रुपमा तालमेल गरेका सहकर्मी दलको मत पनि निर्णायक हुन सक्छ ।

भुसाललाई यो क्षेत्रमा तुलनात्मक रुपमा कमजोर रहेको माओवादी केन्द्रको साथ छ भने बोहोरालाई यो क्षेत्रमा स्थानीय तहको चुनावको मतका हिसाबले एमालेपछि दोस्रो रहेको कांग्रेसको साथ छ ।

वाम गठबन्धनबाट यस क्षेत्रको प्रतिनिधिसभामा एमालेले र प्रदेशसभाको १ मा माओवादी केन्द्र र २ मा एमालेले उम्मेदवारी दिएको छ ।

त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट यस क्षेत्रको प्रतिनिधिसभामा राप्रपाले र प्रदेश सभाको १ र २ मा कांग्रेसले उम्मेदवारी दिएको छ । बोहोराले यहाँका थारुको मत आफूतिर तान्ने प्रयास गरिरहेका छन् ।

स्थानीय चुनावको अंकगणित

चार महिनाअघि सम्पन्न स्थानीय तहको चुनावको मतलाई आधार मान्ने हो भने, रुपन्देही ३ मा लोकतान्त्रिक गठबन्धनभन्दा वामपन्थी गठबन्धन बलियो छ । तर दीपक बोहोराको भोट बैंक संगठन भन्दा पनि व्यक्तिगत पकड र चलखेलबाट निर्धारण हुने भएकाले स्थानीय तहको मत गनेर जितहार आँकलन गर्न सकिन्न ।

बोहोराले मतदाताको मूड हेरेर अन्तिम घडीमा थैली खोल्ने गरेको यहाँको राजनीतिक अग्रजहरु बताउँछन् ।

रुपन्देही ३ मा सिद्धार्थनगर नगरपालिका, शुद्धोदन गाउँपालिकाका सबै वडा समेटिएका छन् । त्यस्तै बुटववल उपमहानगरपालिकाका १४ देखि १९ वडा पनि यही क्षेत्रमा समेटिएका छन् । तिलोत्तमा नगरपालिकाका १३ र १४ वडाका साथै मायादेवी गाउँपालिकाका ७ र ८ वडाका समेटिएको यस क्षेत्रमा ओमसतिया गाउँपालिकाको वडा नम्बर २ पनि पर्छन् ।

स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिका (भैरहवा) र शुद्धोदन गाउँपालिका एमालेले जितेको थियो । त्यस्तै बुटवल उपमहानगरका ६ वटा वडामध्ये ४ वटा एमालेले र २ वटा कांग्रेसले जितेको छ ।

यस क्षेत्रमा समेटिएका तिलोत्तमा नगरपालिकाका दुवै वडा एमालेले जितेको छ भने ओमसतियाको एउटा वडा कांग्रेसले जितेको छ । त्यस्तै मायादेवी गाउँपालिकाका दुवै वडा संघीय समाजवादी फोरमले जितेको छ ।

स्थानीय तहको मत हिसाब गर्दा एमाले एक्लैको २० हजार २८ छ भने माओवादीको ४ हजार ८६७ समेत जोड्दा वामपन्थी गठबन्धनको मत करीव २५ हजार हुन्छ ।

त्यस्तै कांग्रेसको मत १६ हजार ६५१ छ भने राप्रपाको ४ हजार ८६७ छ । दुवै पार्टीको मत जोड्दा करीव २१ हजार हुन्छ ।

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Shankar Gurung

    दिपक दाई स्थानीय भएको ले जित सुन्यचित छ ।दिपक दाईको राम्रो बानी जुनसुकै पार्टी को भए पनि काम गरिदिनु हुन्छ ।प्राय जुनसुकै नेतामा यस्तो गुण हुदैन ।जय नेपाल

      Comment Author

      Min Heuju

      एक सजक नेपाली भएर अाफ्नाे लागि मात्र साेच्ने हाे ? मेराे काम गरि दिन्छ भनेर !!! यस्तै गाेरु जस्ता मतदाता हुन्जेल नेपालकाे कहिल्लै भलाे हुदैन चेतना भया………??????

      Comment Author

      Nb Basnet

      Deepak dai hoin ghanshyam bhusal ji t nischit

      Comment Author

      Biswa Nath Chaudhary

      Hait dipak sirko agadi ganshyam sir sabjima nun kam .

    Comment Author

    Khatri Niraj

    दिपक लाई होइन भोट …..भुसाल जि लाई हो भोट …

    Comment Author

    Mahesh Pandey

    दिपक दाइ लाई जिताउनु पर्छ अनि बिकास हुन्छ रूपन्देही मा

    Comment Author

    Amar Lama

    घनश्याम भुसाल सरको जित सुनिश्चितताको लागि हार्दिक शुभकामना

    Comment Author

    Keshav Raj Nepal

    सिध्दान्तले जीत्छ

    Comment Author

    Bharat Chand

    Siddhanta na bhayeko kohi hunchha Ra .swatantra umedbar hoina hola ni

    Comment Author

    Bhuwan Pokharel

    Ghanashyam ko saidhantik gudi ko chheuma kasaiko kehi chaldaina hau ! 1 Patak ghanashyam haarda Rupandehi ka Janata 10 Barsa bikas @ sambhridhi ma pachhI parne rahexan ! hijoka dinma dekhiyo hau!

    Comment Author

    Veeru Khattri

    Thotro adarsa la pat bharidaina

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?