आज सुनको मुल्य कति ?
सारांश
- नेपाली बजारमा आज सुन ५ सय रुपैयाँले घटेको छ ।
- सोमबार सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।
- मंगलबार छापावाल सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा आज सुन ५ सय रुपैयाँले घटेको छ । सोमबार सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।
मंगलबार छापावाल सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८५ हजार ५ सय ५० रुपैयाँमा खरिदबिक्रि भएको छ ।
त्यस्तै, मंगलबार चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया