बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।

सारांश

  • नेपालमा पहिलो पटक सर्पदशको औषधि ९ सर्पको डसाई बाट बाच्न “एन्टीस्नेक भेनम” उत्पादन गरिने भएको छ ।
  • बराह नगरपालिकाको चक्रघटी महेन्द्र नगरमा करिब ८८ करोड ६३ लाखको लगातमा अबको ३ बर्ष भित्रमा सर्पदशको औषधि बजारमा आउने बताईएको छ ।
  • निजी क्षेत्रको एन्टीस्नेक भेनम सोरुम रिसर्च एन्ड मेनिफ्याकचरिङ प्रालिले उक्त औषधि बजारमा ल्याउने भएको छ ।

नेपालमा पहिलो पटक सर्पदशको औषधि ९ सर्पको डसाई बाट बाच्न “एन्टीस्नेक भेनम” उत्पादन गरिने भएको छ ।

बराह नगरपालिकाको चक्रघटी महेन्द्र नगरमा करिब ८८ करोड ६३ लाखको लगातमा अबको ३ बर्ष भित्रमा सर्पदशको औषधि बजारमा आउने बताईएको छ । निजी क्षेत्रको एन्टीस्नेक भेनम सोरुम रिसर्च एन्ड मेनिफ्याकचरिङ प्रालिले उक्त औषधि बजारमा ल्याउने भएको छ ।
दक्ष प्राविधिक, जनशक्ति ब्यबस्थापन र पुर्वधारको काम अगाडि बढाई सकेको प्रालीले बार्शिक १५ लाख भायल सर्प दाश औषधि उत्पादन गर्ने प्रोपाईटर लक्ष्मी प्रसाद फुयालले जानकारी दिए । उक्त कम्पनी स्थापना बाट करिब ४०० जनाले रोजगारी पाउनुका साथै औषधिबाट बार्शिक रु १ अर्व विदेश बाट नेपाल  भित्राउने लक्ष्य रहेको फुयालले बताए ।
कानुन अभावका कारण सर्पदश औषधि उत्पादनमा ४ वर्ष कुर्नु परेको बाध्यता सुनाउदै उनले थपे अब हामीले भारतको भर गर्नु पर्दैन । अब हामी आफै उत्पादन गर्छौं र बिदेशी बजारमा समेत निर्यात गर्छौं । हाम्रै ठाउँमा यस्तो एतिहासिक काम हुने भएकोले नगरपालिका जुनसुकै सहयोग गर्ने तयार रहेको बराह नगरपालिकाका मेयर निलम खनालले बताए ।
सर्पदशको औषधि सर्पको बिष निकालेर प्रसोधन गरी घोडामा प्रयोग गरिन्छ । त्यसपछि प्राविधिक प्रक्रिया पुर्याई औषधि तयार गरीन्छ ।
बिश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा एक वर्षमा करिब एक हजार जनाको ज्यान जाने गरेको प्रारम्भिक तथ्यांक छ ।

-ओम प्रकाश बानियाँ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको भाउ ओरालो लाग्यो, प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार
सुनचाँदीको भाउ ओरालो लाग्यो, प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार
माओवादी केन्द्र निकट पर्यटन संगठनका संयोजक दाहालको विज्ञप्तीप्रति गम्भिर आपत्ति
माओवादी केन्द्र निकट पर्यटन संगठनका संयोजक दाहालको विज्ञप्तीप्रति गम्भिर आपत्ति
भक्तपुरमा सशस्त्र प्रहरी प्रमुख अरुण शंकरको निधन
भक्तपुरमा सशस्त्र प्रहरी प्रमुख अरुण शंकरको निधन
सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी
सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती पक्राउ
अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती पक्राउ
जेलमा सापटी लिएको एक हजार फिर्ता नगर्दा हत्या
जेलमा सापटी लिएको एक हजार फिर्ता नगर्दा हत्या
विश्वकपमा स्पेनको सर्वाधिक सात गोल
विश्वकपमा स्पेनको सर्वाधिक सात गोल
उपत्यकामा आज ६०६ संक्रमित थपिए
मनसुनजन्य विपद्को पूर्व तयारी गर्न निर्देशन
मनसुनजन्य विपद्को पूर्व तयारी गर्न निर्देशन

तपाईंले छुटाउनुभयो कि?