ऐरी र खकुरेल चम्किए, एकै इन्निङमा दुई शतक

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
१६ पटक हेरिएको
Shares
ऐरी र खकुरेल चम्किए, एकै इन्निङमा दुई शतक

सारांश

  • काठमाडौँ, २१ जेठ ।
  • काठमाडौँमा जारी प्रधानमन्त्री कप क्रिकेटमा सशस्त्र प्रहरी बलका सुवास खकुरेल र प्रदिप ऐरीले सतकिय पारी खेलेका छन् ।
  • त्रिवि खेल मैदान किर्तिपुरमा भैरहेको खेलमा प्रदेश नं.

काठमाडौँ, २१ जेठ । काठमाडौँमा जारी प्रधानमन्त्री कप क्रिकेटमा सशस्त्र प्रहरी बलका सुवास खकुरेल र प्रदिप ऐरीले सतकिय पारी खेलेका छन् ।

त्रिवि खेल मैदान किर्तिपुरमा भैरहेको खेलमा प्रदेश नं. १ विरुद्ध सशस्त्र प्रहरी बलले सुवास र प्रदिपको सतकिय पारीको मद्दतमा प्रतियोगिता कै सबैभन्दा ठूलो योगफल तयार गरेको हो ।

टस जितेर ब्याटिङ गरेको सशस्त्र प्रहरीले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा ३ सय ३९ रन जोडेको हो । सशस्त्रका लागि दुई जना ब्याट्सम्यानले सतकिय पारी खेले । १ सय ३ रन बनाएका सुवास खकुरेलले १ सय ३० बलको सामना गरे भने २ छक्का र ७ चौका प्रहार गरे । त्यस्तै अर्का ब्यट्सम्यान प्रदिप ऐरीले आक्रामक पारी खेल्दै १ सय ५८ रन बनाए । जम्मा १२५ बल खेलेका उनले ८ छक्का र १३ चौका प्रहार गरेका थिए । यस सँगै प्रतियोगितामा तीन सतक बनेका छन् । जसमध्ये प्रदिपको १सय ५८ सबैभन्दा ठूलो व्यक्तिगत स्कोर हो । यस अघि प्रदेश नं. ४ का हरी चौहानले प्रदेश नं. १ विरुद्ध सय रनको पारी खेलेका थिए ।

त्यस्तै टिमलाई प्रतियोगिता कै ठूलो योगफल बनाउन पृथु बास्कोटा र भुवन कार्कीको पनि हात रह्यो अन्तमा आएका पृथुले मात्र १४ बल खेल्दै २९ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए । उता प्रदेश नं. २ का लागि दिभांसु मल्लिक एक्लैले ५ विकेट लिए पनि अन्य खेलाडिले उती राम्रो गर्न सकेनन् ।

आजै भएको समुह बि को अर्को खेलमा प्रदेश नंं ३ ले प्रदश नं. ५ लाई १ सय ५३ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?