युरोकपमा २० देश छानिए, बाँकी ४ स्थानका लागि १५ देश दौडमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ५, २०७६
|
|
३३ पटक हेरिएको
Shares
युरोकपमा २० देश छानिए, बाँकी ४ स्थानका लागि १५ देश दौडमा

सारांश

  • काठमाडौँ ।
  • सन् २०२० को युरोकपका लागि २० देश छानिएका छन् ।
  • आउदो बर्ष जुन १२ देखि जुलाई १२ सम्म युरोपका विभिन्न १२ वटा शहरमा हुने युरो २०२० फुटबल प्रतियोगिताका लागि भएको छनौट खेलबाट २० देश छनोट भएका हुन् ।

काठमाडौँ । सन् २०२० को युरोकपका लागि २० देश छानिएका छन् । आउदो बर्ष जुन १२ देखि जुलाई १२ सम्म युरोपका विभिन्न १२ वटा शहरमा हुने युरो २०२० फुटबल प्रतियोगिताका लागि भएको छनौट खेलबाट २० देश छनोट भएका हुन् ।

अब युरोकपमा छनौट हुन बाँकी चार स्थानका लागि १५ देशबीच प्लेअफ खेल हुदै छ । युरो कपका लागि इङल्याण्ड, चेक रिपब्लिक, युक्रेन, पोर्चुगल, जर्मनी, इटाली, स्विट्जरल्यान्ड, डेनमार्क, क्रोसिया, वेल्स, स्पेन, स्विडेन, पोल्यान्ड, अस्ट्रिया, फ्रान्स, टर्की, बेल्जियम, रसिया, इटाली र फिनल्यान्ड छनोट भएका छन् ।

अब युरोकपमा छनौट हुन चार स्थान बाँकी रहेको छ । अब चार स्थानका लागि कोसोभो, बुल्गेरिया, सर्विया, नर्दन आयरल्यान्ड, बेलारुस, आयरल्यान्ड, जर्जिया, हंगेरी, स्लोभिकया, नर्वे, रोमानिया, मेसेडोनिया, इजरायल, स्टकल्यान्ड र बोस्निया एन्ड हर्जगोभिना गरि १५ देश प्लेअफमा खेल्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?