‘लुट २’ सेन्सर पास: वालवालिकाले एक्लै हेर्न नपाउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २५, २०७३
|
|
१४२ पटक हेरिएको
Shares
‘लुट २’ सेन्सर पास: वालवालिकाले एक्लै हेर्न नपाउने

सारांश

  • बर्ष २०७३ को प्रतिच्छित फिल्म ‘लुट २’ सेन्सर पास भएको छ ।
  • दृश्य अनि संवादमा कैची लगाएर पनि एडल्ट दिएमा स्विकार नगरी सर्वोच्च जानेसम्मको चेतावनीपुर्ण अभिव्यक्ती दिएका निर्देशक निश्चल बस्नेतले सेन्सरबाट अब ‘पिजी सर्टिफिकेट’ पाएका छन् ।
  • फिल्म जाँचपासको अधिकारपुर्ण निकाय सेन्सर वोर्डले फिल्ममा समावेश केहि दोहोरो अर्थ लाग्ने अनि सामाजिक मान्यता अनुसार अश्लिल मानिने संवादमा कैची लगाएको निरमाता माधव वाग्लेले बताए ।

बर्ष २०७३ को प्रतिच्छित फिल्म ‘लुट २’ सेन्सर पास भएको छ । दृश्य अनि संवादमा कैची लगाएर पनि एडल्ट दिएमा स्विकार नगरी सर्वोच्च जानेसम्मको चेतावनीपुर्ण अभिव्यक्ती दिएका निर्देशक निश्चल बस्नेतले सेन्सरबाट अब ‘पिजी सर्टिफिकेट’ पाएका छन् ।

फिल्म जाँचपासको अधिकारपुर्ण निकाय सेन्सर वोर्डले फिल्ममा समावेश केहि दोहोरो अर्थ लाग्ने अनि सामाजिक मान्यता अनुसार अश्लिल मानिने संवादमा कैची लगाएको निरमाता माधव वाग्लेले बताए । तर फिल्ममा समावेश केहि हिंसाजन्य दृश्यका कारण वालवालिकाले हेर्न भने अभिभावकको सहारा लिनुपर्नेछ ।

फिल्मको आइतवार सेन्सर भएको हो । फागुन १३ मा रिलिज हुने फिल्मलाइ लिएर दर्शक तथा शुभचिन्तक अनि फिल्मकर्मीमा पनि एक प्रकारको कौतुहलता छ ।  वाग्ले र नरेन्द्र महर्जनले मिलेर फिल्मको निर्माण गरेका हुन् ।

दयाहाङ राइ, सौगात मल्ल, कर्मा शाक्य, सृजना सुब्बा, ऋचा शर्मा, विपिन कार्की लगायत लिड अभिनयमा रहेको फिल्म ब्लकवस्टर फिल्म ‘लुट’ को सिक्वेल हो । सोहि फिल्मबाट अहिले स्टारको उपमा पाएका दयाहाङ र सौगात एकाएक चम्केका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?