नेपलमा प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेपलमा प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात

सारांश

  • काठमाडौँ, ९ असार ।
  • कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र चिन्ता व्यक्त भएका छन् ।
  • उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार राजधानीमा आयोजित कृषि वैज्ञानिकको राष्ट्रिय भेलामा जल, जमीन र जनशक्ति पर्याप्त भए पनि कृषिको परनिर्भरता बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

काठमाडौँ, ९ असार । कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र चिन्ता व्यक्त भएका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार राजधानीमा आयोजित कृषि वैज्ञानिकको राष्ट्रिय भेलामा जल, जमीन र जनशक्ति पर्याप्त भए पनि कृषिको परनिर्भरता बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नजिकै रहनुभएका कृषिराज्यमन्त्री रामकुमारी चौधरीले उपराष्ट्रपति नन्दबहादुर पुनको विचार ध्यानपूर्वक सुन्न भयो । त्यहाँ मन्त्रीको प्रशंसा त भयो । तर, मञ्च तल बस्ने कृषिविज्ञ र स्रोताले भने अहिलेकै ढर्राबाट कृषिको परनिर्भरता नघट्ने बताइरहेका थिए ।

नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । अहिले सरदर ५२÷५३ लाख मेट्रिक टन उत्पादन हुन्छ । उत्पादन गत वर्ष ४२ लाख मेट्रिक टनमा खुम्चन पुग्यो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । दुई छाक अनिवार्य नत्र तीनै छाक भात खाने आमनेपालीको बानीले चामलको आयात बढेको हो । हाल प्रतिमहिना रु अर्बको चामल आयात हुन्छ ।

धानको खपत ६० लाख मेट्रिक टन छ । तर गहुँ १० लाख मेट्रिक टनमा सीमित छ । गहुँको खपत भन्दा झन्डै पाँच गुणा बढी धानको खपत हुनुले नेपालीको खाना खानेबानीमा भाते संस्कृति हाबी भएको देखिन्छ ।

गहुँको खपत १० लाख मेट्रिक टन छ । आव २०७२÷७३ मा गहुँको उत्पादन १८ लाख ११ हजार ८८९ मेट्रिक टन थियो । पिठो खानेबानीमा परिवर्तन हँुदा खाद्यान्न चाहीँ पुगेस पुगेस नै हुन्छ ।

मकैको उत्पादन करीब २३ लाख मेट्रिक टन छ । नेपालीको आवश्यकता ३० देखि ३५ लाख मेट्रिक टन हो । स्थानीय जातको मकै उत्पादन करीब करीब हुन छोडेको छ । वर्णशंकर जातका बीउबाट उत्पादित मकै गाई, भैँसी र कुखुराको दाना बनाउन खपत हुने गरेको पाइन्छ । आम नेपालीमा मकैको पिठो खाने बानी हराउँदै गएको विभिन्न अध्ययनले देखाएको छ । कूल मकैको उत्पादनमध्ये ९० प्रतिशत मकै दाना बनाउन खपत हुने गर्छ ।

धान, मकै र गहुँ नेपालीको प्रमुख खाद्यान्न बाली हुन् । त्यसको अलवा कोदो जौ र फापर पनि खाद्यान्न बालीमा पर्छन् । कोदोको उत्पादन वर्षैपिच्छे घटेको छ । आव २०७२÷७३ मा कोदोको उत्पादन तीन लाख २३ हजार ९७ मेट्रिक टनमा सीमित हुन पुग्यो । आव २०७१÷७२ मा तीन लाख ८४ हजार ८८ मेट्रिक टन थियो ।

सरकारले आव २०७५÷७६ को बजेटमार्फत आगामी पाँच वर्षमा कृषिको परनिर्भरता हटाउन उत्पादन दोब्बर वृद्धि गर्ने बताएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पकेट, ब्लक, जोन र सुपरजोनमार्फत क्षेत्र पहिचान गरी उत्पादन वृद्धि गर्दै लैजाने नीति लिएको छ ।

सो कार्यक्रम २०७३ साल साउनदेखि शुरु भई २०८२ साल असारसम्म सञ्चालन हुने भएको छ । दशवर्षे उक्त कार्यक्रम अवधिभर कूल रु एक खर्ब ३० अर्ब ७४ करोड २० लाख खर्च गरिने भएको छ ।

कृषिविज्ञ कृष्ण पौडेलले परियोजना सफल बनाउन पहिले जमीन बाँझो राख्न नपाउने कानूनको आवश्यकता, सर्वसुलभ कृषि ऋण वितरण, खेतीयोग्य जमीनको बचावट र खेती गर्न चाहनेलाई जमीनको उपलब्ध हुने हो भने सरकारको लक्ष्य पूरा हुने बताउनुहुन्छ ।

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गर्दा नेपालको कूल खेतीयोग्य जमीनमध्ये दुई करोड ६० लाख रोपनी जमीन बाँझो छ । सरकारी तथ्याँकअनुसार खेती गर्न योग्य भनिएको जमीन ३० लाख ९१ हजार हेक्टर अर्थात छ करोड १८ लाख २० हजार रोपनी हो । तर, खेतीयोग्य जमीन कति खण्डीकरण वा घडेरीमा टुक्रिए भन्ने तथ्याँक सरकारसँग छैन ।

पछिल्ला दिन खेतीयोग्य जमीन घडेरीमा रुपान्तरण हुँदै गएको छ । कृषि ऋण सर्वसुलभ छैन । सरकारले पाँच प्रतिशतमा कृषि ऋणको ब्याजदर तोकेको छ । कूल कर्जाको १० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई बित्तीय संस्थाले लागू गरेका छैनन् ।

कृषि मजदूर, भूमिहीन र सिमान्तकृत, मझौला र कृषि क्षेत्रमा संलग्न किसानको हातमा जमीन छैन । छैटौँ कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमीन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख छ ।

गणनामा ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकामा ८३ प्रतिशत जनता कृषि पेशामा आत्मनिर्भर रहेको देखाइएको छ । अरु ४२ प्रतिशत कृषकले कृषि गर्न ऋण उपलब्ध नभएको उल्लेख गरेका छन् ।

कृषि प्रधान मुलुक नेपालमा प्रतिमहिना झण्डै रु ५० करोडभन्दा बढीका खाद्य वस्तु आयात हुँदै आएको छ । वर्षेनी नेपालीका भान्सामा पाक्ने चामल, पीठो, माछा, मासु, तरकारी र फलफूल गरी झण्डै रु १९ अर्बको खाद्यान्न आयात हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमत संग्रहमा जाने भन्ने कुरा भ्रामक होः गृहमन्त्री
जनमत संग्रहमा जाने भन्ने कुरा भ्रामक होः गृहमन्त्री
६८१ कोरोना संक्रमित थपिए, १५९ जना काठमाडौंमा
६८१ कोरोना संक्रमित थपिए, १५९ जना काठमाडौंमा
कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने दबाब झन चुलियो ।
कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने दबाब झन चुलियो ।
टिचिङ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा
टिचिङ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा
१३ वर्षे नातिलाई एचआइभी भएपछि, एउटा भगवान खोज्दै हजुरआमा
१३ वर्षे नातिलाई एचआइभी भएपछि, एउटा भगवान खोज्दै हजुरआमा
बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस : प्रधानमन्त्री
बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस : प्रधानमन्त्री
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
कम्युनिष्ट ध्रुवीकरणसँगै तरङ्गित प्रगतिशील साहित्य
कम्युनिष्ट ध्रुवीकरणसँगै तरङ्गित प्रगतिशील साहित्य
आजदेखि जिल्लामा रहने र खारेज हुने कार्यालयहरुको नामावली
आजदेखि जिल्लामा रहने र खारेज हुने कार्यालयहरुको नामावली
कार्यक्रम तथा बजेटलाई प्रभाबकारी रुपमा कार्यान्वायन गर्ने प्रदेश सरकारले नीति !
कार्यक्रम तथा बजेटलाई प्रभाबकारी रुपमा कार्यान्वायन गर्ने प्रदेश सरकारले नीति !

तपाईंले छुटाउनुभयो कि?