रोल्पा बन्दले जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
रोल्पा बन्दले जनजीवन प्रभावित

सारांश

  • २७ कात्तिक, रोल्पा ।
  • विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन बिहानदेखि प्रभावित भएको छ ।
  • बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन् ।

२७ कात्तिक, रोल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन बिहानदेखि प्रभावित भएको छ । बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन् ।

जिल्ला इञ्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदी लगायतका नेता कार्यकर्ता गिरप्तारीको विरुद्ध बन्द आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले बताएको छ ।

सदरमुकाम लिवाङबाट छुट्ने लामो तथा छोटा दूरीका कुनै पनि यातायातका साधन चल्न नसकेको जलजला यातायात व्यवसायी समिति रोल्पाका यज्ञश्वर आचार्यले जानकारी दिए । बन्दका कारण बिहानी कक्षाका लागि क्याम्पस हिँडेका विद्यार्थी घर फर्किएका छन् ।

अज्ञात व्यक्तिबाट मोबाइलमार्फत विद्यालय बन्द गर्न अनुरोध गरेकाले बिहानी तथा दिवाकक्षाका सबै पठनपाठन आज बन्द गर्नु परेको सदरमुकामकै एक विद्यालयका शिक्षकले जानकारी दिए ।

सडकमा नेता तथा कार्यकर्ताको उपस्थिति नदेखिए पनि बन्दका कारण जिल्ला ठप्प छ । शनिबार र आइतबार पश्चिम रोल्पामा चुनाव प्रचार प्रसारमा गएका पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार गरिए सँगै जिल्लामा सन्त्रासको वातावरण सिर्जना भएको छ ।

(merakisalonnc.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेव पराजय हुनुको कारण खोज्दै एमाले, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
वामदेव पराजय हुनुको कारण खोज्दै एमाले, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता
पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता
अपहरणपछि व्यापार व्यवसायी पौडेलको हत्या
अपहरणपछि व्यापार व्यवसायी पौडेलको हत्या
यस्तो गाउँ जहाँ पाहुनाले पनि नांगै बस्नुपर्छ
यस्तो गाउँ जहाँ पाहुनाले पनि नांगै बस्नुपर्छ
फ्लाई दुबईको जहाज किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन?
फ्लाई दुबईको जहाज किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन?
कोविड–१९’ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु
कोविड–१९’ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु
रुखमा भोट माग्दै, संघीय समाजवादी, नयाँ शक्ति र माओवादी केन्द्रका उम्मेदवार !
रुखमा भोट माग्दै, संघीय समाजवादी, नयाँ शक्ति र माओवादी केन्द्रका उम्मेदवार !
कांग्रेसले टुङ्गो लगायो राष्ट्रियसभाका लागि उम्मेदवार
कांग्रेसले टुङ्गो लगायो राष्ट्रियसभाका लागि उम्मेदवार
लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन
लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन

तपाईंले छुटाउनुभयो कि?