वामदेव पराजय हुनुको कारण खोज्दै एमाले, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
वामदेव पराजय हुनुको कारण खोज्दै एमाले, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी

सारांश

  • दुईवटा छानबिन समिति गठन, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी – काठमाडौँ ।
  • नेकपा एमालेले उपाध्यक्ष वामदेव गौतमको पराजयको कारण पत्ता लगाउन दुईवटा छानबिन समिति बनाएको छ ।
  • उपमहासचिव तथा ५ नम्बर प्रदेशका संयोजक विष्णु पौडेलको एकल निर्णयमा गत शनिबार तीन सदस्यीय प्रदेशस्तरीय छानबिन समिति बनेको हो ।

दुईवटा छानबिन समिति गठन, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी –

काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष वामदेव गौतमको पराजयको कारण पत्ता लगाउन दुईवटा छानबिन समिति बनाएको छ । उपमहासचिव तथा ५ नम्बर प्रदेशका संयोजक विष्णु पौडेलको एकल निर्णयमा गत शनिबार तीन सदस्यीय प्रदेशस्तरीय छानबिन समिति बनेको हो । समितिमा वैकल्पिक पोलिटब्युरो सदस्य बैजनाथ थारू सदस्य तथा ५ नम्बर प्रदेश सचिव भूमिश्वर ढकाल र कार्यालय सचिव गोपाल भट्टराई सदस्य छन् ।

त्यस्तै, वाम गठबन्धन बर्दियाका तर्फबाट एमाले बर्दिया जिल्ला अध्यक्ष हरिप्रसाद ज्ञवाली संयोजक रहेको जिल्लास्तरीय अर्को छानबिन समिति पनि बनेको छ । सो समितिमा माओवादी केन्द्रका तर्फबाट भुवन थारू सदस्य छन् ।

अन्तर्घात गर्नेलाई कारबाही सिफारिस गर्ने कार्यादेश
समितिलाई छिटोभन्दा छिटो पराजयको कारणबारे सत्य-तथ्य छानबिन गर्ने जिम्मा दिइएको उपमहासचिव पौडेलले बताए । ‘उहाँहरूलाई छिटोभन्दा छिटो सत्य–तथ्य पत्ता लगाई गल्ती गर्नेलाई कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको छ, पौडेलले भने, ‘समितिले प्रतिवेदन बुझाइसकेपछि वास्तविकता बाहिर आउनेछ ।’

चौधरी नेतृत्वको टोलीले मंगलबार बर्दियामा पुगेर स्थलगत अध्ययन सुरु गर्नेछ । ‘मंगलबारबाट स्थलगत रूपमै अध्ययन गरेर काम सुरु गर्छौं,’ चौधरीले भने, ‘सत्य-तथ्य प्रतिवेदन प्रदेशमा बुझाउँछौँ ।’ दुवै समितिले उपाध्यक्ष गौतमसहित एमाले र माओवादी केन्द्रका जिल्ला र क्षेत्रका नेताहरू, निर्वाचन परिचालन कमिटीका संयोजक पूर्ण शर्मालगायतसँग सोधपुछ गर्ने तयारी गरेको छ ।

प्रदेश सांसदलाईभन्दा तीन हजार कम मत
स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रलाई प्राप्त मतका आधारमा बर्दिया–१ वाम गठबन्धनका लागि सुरक्षित क्षेत्र मानिन्थ्यो । प्युठानमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई क्षेत्र छाड्नुपर्ने भएपछि गौतमले सुरक्षित क्षेत्रका रूपमा बर्दिया नै रोजेका थिए । तर, प्रदेश सभाका दुवै क्षेत्रमा वाम गठबन्धनकै उम्मेदवार विजयी हुँदा गौतम भने उनीहरूले प्राप्त गरेभन्दा करिब ३ हजार कम मत पाएर पराजित भए ।

प्रदेश १ बाट एमालेका कविराम थारू २३ हजार पाँच सय ६० तथा र प्रदेश २ बाट माओवादी केन्द्रका तिलकराम शर्मा २३ हजार तीन सय ९२ मत प्राप्त गरी विजयी भए । उनीहरूले प्राप्त गरेको कुल मत ४६ हजार नौ सय ५२ छ । दुवैको कुल मतभन्दा दुई हजार आठ सय ७६ मत कम पाएका गौतमले पार्टीभित्रैबाट अन्तर्घात भएको आशंका गर्दै आएका छन् ।

ओलीको चाहनाबमोजिम समिति
वाम गठबन्धनका प्रमुख सूत्रधार मानिने गौतमको पराजयपछि दुःख व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । उपाध्यक्ष गौतमलाई बालकोटस्थित निवासमै बोलाएर ओलीले पराजयबाट आफू दुखित र आश्चर्यचकित भएको भन्दै छानबिन प्रक्रिया अघि बढाउनुपर्ने बताएका थिए । स्रोतका अनुसार पार्टीभित्रैको अन्तर्घातका कारण आफूले पराजय भोगेको विवरण सुनाउँदै गौतमले दोषीमाथि पार्टीले छानबिन गरेर कारबाही गर्नुपर्ने माग राखेका थिए ।

एमाले नेता विष्णु रिमालले केन्द्रीयस्तरबाट भने गौतमको पराजयको छानबिनका लागि कुनै समिति नबनेको बताए । निर्वाचन परिणामलगत्तै आफूमाथि अन्तर्घात भएको प्रस्ट संकेत गर्दै गौतमले तथ्य-प्रमाण जुटिसकेपछि सबै कुरा बाहिर आउने बताएका थिए । उनी कांग्रेसका सञ्जय गौतमसँग सात सय ७४ मतान्तरमा पराजित भएका हुन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको गृहजिल्लाका कांग्रेस सभापतिको दुर्घटनामा परी मृत्यु
ओलीको गृहजिल्लाका कांग्रेस सभापतिको दुर्घटनामा परी मृत्यु
असार २४ गते मंगलबारको राशीफल यस्तो छ
दिल्ली हिंसामा १८ जनाको मृत्यु, २०० जना घाइते, परिस्थिति अझै नाजूक
दिल्ली हिंसामा १८ जनाको मृत्यु, २०० जना घाइते, परिस्थिति अझै नाजूक
यम पञ्चक सुरुः आज काग तिहार
यम पञ्चक सुरुः आज काग तिहार
उपत्यकामा निषेधाज्ञामा यी क्षेत्र सञ्चालनमा प्रतिबन्ध
दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज
दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग
गगन थापाको क्षेत्रका उम्मेदवार वैद्यको उजुरीमा मंगलबारसम्म फैसला हुन्छ- निर्वाचन आयोग
अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर
अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
सँधै जस्तै रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त र गायक प्रमोद खरेल अग्रस्थानमा
सँधै जस्तै रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त र गायक प्रमोद खरेल अग्रस्थानमा

तपाईंले छुटाउनुभयो कि?