बागलुङबाट प्रकाश र स्वस्तिमाको ‘वसन्त’ को छायांकन

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २२, २०८१
|
|
२७ पटक हेरिएको
Shares
बागलुङबाट प्रकाश र स्वस्तिमाको ‘वसन्त’ को छायांकन

सारांश

  • काठमाडौं।
  • फिल्म ‘परदेशी २’बाट अभिनेता बनेका गायक प्रकाश सपूतको नयाँ फिल्म बसन्तको छायांकन शुरु भएको छ।
  • फिल्मको छायांकन बाग्लुङको धार्मिक स्थल कालिका मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो।

काठमाडौं। फिल्म ‘परदेशी २’बाट अभिनेता बनेका गायक प्रकाश सपूतको नयाँ फिल्म बसन्तको छायांकन शुरु भएको छ। फिल्मको छायांकन बाग्लुङको धार्मिक स्थल कालिका मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो।

प्रकाशसहित अभिनेत्री स्वस्तिमा खड्का लगायतले क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गरेका थिए । मुहूर्तपछि शान्ति पदयात्रा पनि निकालिएको थियो। बागलुङस्थित सपूतको जन्मथलो धम्जा गाउँसहितका क्षेत्रमा करिब २५ दिन फिल्मको छायांकन हुने जनाइएको छ। दशैं र तिहारको बीचमा भने काठमाडौं र तराई क्षेत्रमा छायांकनको तयारी गरिएको निर्देशक सपूतले बताए।

सुसन प्रजापतिको छायांकन रहने फिल्ममा प्रकाश र स्वस्तिमासहित अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्री लगायतको पनि अभिनय रहनेछ । यसमा प्रकाश स्वयंको लेखन छ भने गीत पनि उनले नै तयार पारेका छन् । तीन करोड बजेट अनुमान गरिएको फिल्मलाई आगामी चैत २२ गतेबाट प्रदर्शन गरिँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?