‘वाम गठबन्धनको दुई तिहाइको सपना चकनाचुर हुन्छ’

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
‘वाम गठबन्धनको दुई तिहाइको सपना चकनाचुर हुन्छ’

सारांश

  • विराटनगर :  नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वाम गठबन्धनको दुर्इ तिहाइको सपना निर्वाचनको परिणामले चकनाचुर पारिदिने दाबी गरेका छन् ।
  • सुनसरीको इटहरीमा पर्टी प्रचारसम्बद्ध संस्था मिडिया सेन्टरको प्रदेश एक स्तरीय कार्यलय उद्घाटनका क्रममा गच्छदारले वाम घटकलाई जनताले विश्वास नगर्ने ठोकुवा गरे ।
  • ‘निर्वाचनबाट बहुमत सिट प्राप्त गरि वामशक्तिको नेतृत्वमा सरकार बनाउने सपना चकनाचुर हुन्छ’, उनले भने, ‘लोकतान्त्रिक शक्तिकै जित सुनिश्चत छ, सरकार कांग्रेसकै नेतत्वमा बन्ने निश्चित छ ।

विराटनगर :  नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वाम गठबन्धनको दुर्इ तिहाइको सपना निर्वाचनको परिणामले चकनाचुर पारिदिने दाबी गरेका छन् । सुनसरीको इटहरीमा पर्टी प्रचारसम्बद्ध संस्था मिडिया सेन्टरको प्रदेश एक स्तरीय कार्यलय उद्घाटनका क्रममा गच्छदारले वाम घटकलाई जनताले विश्वास नगर्ने ठोकुवा गरे ।

‘निर्वाचनबाट बहुमत सिट प्राप्त गरि वामशक्तिको नेतृत्वमा सरकार बनाउने सपना चकनाचुर हुन्छ’, उनले भने, ‘लोकतान्त्रिक शक्तिकै जित सुनिश्चत छ, सरकार कांग्रेसकै नेतत्वमा बन्ने निश्चित छ ।’

उनले मोरङ, सुनसरीमा कांग्रेसले बहुमत सिट जित्ने समेत दाबी गरे । सुनसरीका ४ सिट मध्ये ३ मा कांग्रेसले सहज जित निकाल्ने र सुनसरी १ मा कांग्रेसले समर्थन गरेका संघीय समाजवादीका नेता असोक राईले सहज जित निकाल्ने ठोकुवा गरे । त्यस्तै मोरङका ६ निर्वाचन क्षेत्र मध्ये ४,५,६,२ र ३ मा कांग्रेसले सजिलै जित्ने दाबी गरे ।

गच्छदारले कांग्रेसले हार्दा लोकतन्त्र कमजोर हुने कुरा जनताले बुझिसकेको भन्दै कम्न्युनिष्टहरुको अधिनायकवादी सोचबाटग्रस्त सत्ताको जन्म हुन नदिन सबै सतर्क हुनुपर्ने बताए । कांग्रेसबाहिर रहेर आफूले दश वर्षसम्म लोकतन्त्र बलियो बनाउने काममा लागेको भन्दै मधेशलाई अधिकार दिलाएर आफू पुनः कांग्रेसमा फर्किएको दाबी गरे । ‘म कुनै पदको लाभको लागि काँग्रेसमा आएको होइन, अब मेरो मिसन पार्टीलाइ बलियो बनाउने मात्र हुन्छ’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?