रुपन्देहीको सुरक्षा रिपोर्टः ११७ मतदानस्थल संवेदनशील

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १५, २०७४
|
|
३६ पटक हेरिएको
Shares
रुपन्देहीको सुरक्षा रिपोर्टः ११७ मतदानस्थल संवेदनशील

सारांश

  • १५ कात्तिक, भैरहवा ।
  • दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि रुपन्देहीमा कायम गरिएका २०८ वटा मतदान स्थल मध्ये ११७ वटा संवेदनशील रहेका छन् ।
  • रुपन्देहीको जिल्ला सुरक्षा समितिले जिल्लाको २०८ मतदान स्थलमध्ये ११७ वटा मतदानस्थललाई अति संवेदनशील र संवेदनशीलमा मतदानस्थल वर्गिकरण गरेको हो ।

१५ कात्तिक, भैरहवा । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि रुपन्देहीमा कायम गरिएका २०८ वटा मतदान स्थल मध्ये ११७ वटा संवेदनशील रहेका छन् ।

रुपन्देहीको जिल्ला सुरक्षा समितिले जिल्लाको २०८ मतदान स्थलमध्ये ११७ वटा मतदानस्थललाई अति संवेदनशील र संवेदनशीलमा मतदानस्थल वर्गिकरण गरेको हो ।

२०८ मतदानस्थल मध्ये ७५ मतदानस्थललाई अति संवेदनशील, ४२ मतदानस्थललाई संवेदनशील र ९१ वटा मतदानस्थललाई सामान्यको सूचीमा राखिएको रुपन्देहीका साहयक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।

उनले मतदानस्थललाई विशेष गरी जिल्ला सदरमुकामदेखि पश्चिम दक्षिणी, पश्चिमी र पूर्वी क्षेत्रलाई अतिसंवेदनशील र संवेदनशीलमा बर्गिकरण गरिएको छ भने जिल्लाको उत्तरी क्षेत्रमा रहेका मतदानस्थललाई सामान्यमा वर्गिकरण गरिएको बताए ।

त्यस्तै उनका अनुसार बढी जनसंख्या, अधिक मतदाता भएको क्षेत्रमा रहेको मतदानस्थललाई पनि अति संवेदनशील र संवेदनशीलमा वर्गिकरण गरिएको छ । सोही अनुसार सुरक्षा व्यवस्था मिलाइने उनले बताए ।

जिल्लाको पश्चिम दक्षिणी मर्चवार, लुम्बिनी, धकधई, सालझण्डी, देवदह र उत्तरी भागको केही मतदान स्थललाई अति संवेदनशील र संवेदनशीलमा वर्गिकरण गरिएको उनले बताए ।

उनले भारतसगँको खुला सीमा रहेको कारण पनि सिमासगँ टासिएको क्षेत्रका अधिकांश मतदानस्थललाई अतिसंवेदनशीलमा वर्गिकरण गरिएको बताए ।

विप्लव र सिके राउत चुनौती 

विप्लव नेतृत्वको नेकपा र स्वतन्त्र मधेस गठबन्धन (सिके राउत)ले निर्वाचन समस्या उत्पन्न गर्ने सक्ने विषयलाई मध्यनजर गर्दै रुपन्देही प्रशासनले जिल्लाको ११७ वटा मतदानस्थललाई अतिसंवेदनशील र संवेदनशीलमा वर्गिकरण गरेको हो ।

जिल्लाको पश्चिमी दक्षिणी, पश्चिमी र पुर्वी क्षेत्रमा सिके राउत समुहले तथा जिल्लाको उत्तरी, उत्तरी पूर्व, उत्तरी पश्चिमी क्षेत्रको मतदानस्थलमा विप्लव नेतृत्वको नेकपाले समस्या उत्पन्न गर्न सक्ने रुपन्देही प्रशासनले अनुमान गरेको छ ।

यी समूहरुको गतिविधिबारे आफूहरु सजक रहेको बताउँदै यी समूहहरुको उपस्थित रहेको क्षेत्रको मतदानस्थलमा उच्च सुरक्षा अपनाइने सहायक प्रजिअ रेग्मीले बताए ।

१० हजार सुरक्षाकर्मी परिचालन हुने

निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्लामा करीब १० हजार सुरक्षाकर्मी परिचालन हुने उनले बताए ।

सुरक्षाकर्मीले प्रत्येक मतदानस्थललाई तीन घेरमा सुरक्षा दिनेछन् । जसमा पहिलो घेरामा अर्थात मतदानस्थलमा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना सुरक्षाका लागि खटिने उनले बताए ।

उनका अनुसार निर्वाचनको सुरक्षाको लागि म्यादी प्रहरी करीब दुई हजार तीन सय, नेपाल प्रहरी एक हजार दुई सय, सस्शत्र प्रहरी एक हजार र नेपाली सेना करीब पाँच हजार खटिने छन् ।

यो सँगसँगै राष्ट्रिय अनुसन्धान विभाग रुपन्देहीद्वारा पनि आवश्यकता अनुसार जिल्लाको प्रत्येक मतदान स्थलमा गोप्य रुपमा खटिनेछ ।

सिमानामा संयुक्त गस्ती

त्यस्तै नेपाल भारतको खुल्ला सीमालाई मध्येनजर गर्दै सिमानामा नेपाल भारतको सुरक्षाकर्मीको संयुक्त सुरक्षा गस्ती हुने उनले बताए ।

उनले भारतमा पनि चुनाव हुन लागेको र केही दिन भित्र दुबै देशका अधिकारीबीचको छलफलले नाकाको सुरक्षाको विषयमा थप विभिन्न निर्णय हुने बताए ।

उनले सीमामा संयुक्त सुरक्षा गस्ती हुनुका साथै जिल्लाको विभिन्न क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको पैदल गस्ती समेत हुने बताए ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा २०८ वटा मतदानस्थल, ५९८ वटा मतदान केन्द्र रहेका छन् भने ५ लाख २२ हजार ६०२ मतदाता रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसले खाने तीते करेला ?
कसले खाने तीते करेला ?
यसकारण गर्दैछ सशस्त्र प्रहरीले सीमाक्षेत्रमा ‘फोर्स मार्च’
यसकारण गर्दैछ सशस्त्र प्रहरीले सीमाक्षेत्रमा ‘फोर्स मार्च’
शनिबार प्रधानमन्त्री ओलीले प्रदेश १ को प्रदेशसभालार्इ सम्बोधन गर्ने
नेपाल प्रहरीको अर्को साहसी काम इन्काउन्टरमा मारिए भारतीय अपराधी
“Site Oficial Da Mostbet No Brasil ️ Registro Rápido Mostbet Brasil Cassino Online 24 7 At The Empresa De Apostas? Caça-níqueis Licenciados, Fameuses Chances, Bônus Generosos E Promoções ️ Jogue De Graça Ou Por Dinheiro
अन्तर्रा्ष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी
अन्तर्रा्ष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी
तरकारी खेतीमा रमाउँदै मुसहर
तरकारी खेतीमा रमाउँदै मुसहर
बाबुराम भट्टराई का नेता विवेकशील साझा पार्टीमा प्रबेश
बाबुराम भट्टराई का नेता विवेकशील साझा पार्टीमा प्रबेश
पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर
पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर
थप रोचक बन्दै सुनसरीको मतगणना यस्तो छ गच्छदारको अवस्था
थप रोचक बन्दै सुनसरीको मतगणना यस्तो छ गच्छदारको अवस्था

तपाईंले छुटाउनुभयो कि?