सहकर्मीको आक्रमणमा नौ प्रहरीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२० पटक हेरिएको
Shares
सहकर्मीको आक्रमणमा नौ प्रहरीको मृत्यु

सारांश

  • अफगानिस्तान, ५ माघ ।
  • अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको छ ।
  • “प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेका हुन्,” एक जना स्थानीय सरकारी अधिकारीले भने ।

अफगानिस्तान, ५ माघ । अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको छ ।

“प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेका हुन्,” एक जना स्थानीय सरकारी अधिकारीले भने ।

उनले थपे, “आज बिहान हेल्मन्ड प्रान्तको राजधानी लास्कार गाह नजिकै रहेको प्रहरी चौकीमा घटना भएको हो, घटना लगत्तै नौ जनाको घटनास्थलमै मृत्यु भएको छ ।”

हेल्मन्ड प्रान्तीय सरकारका प्रवक्ता ओमार जावाकले घटनाका बारेमा थाहा पाउने वित्तिकै दोषीको खोजी गर्नुका साथै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?