म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा

सारांश

  • म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा रहेका छन् ।
  • विसं २०६८ को जनगणनाअनुसार म्याग्दीको कूल जनसंख्या एक लाख १३ हजार ६४१ रहेकामा ७७ दशमलव ८ प्रतिशत अर्थात् ८८ हजार, ३९९ जना म्याग्दीवासी सूचना र सञ्चारको पहुँचमा रहेका नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ ।
  • नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीको गत आव २०७३÷७४ को रेकर्डअनुसार कूल ८८ हजार ३९९ जना म्याग्दीवासी सञ्चार सञ्जालसँग जोडिएका हुन् ।

म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा रहेका छन् ।

विसं २०६८ को जनगणनाअनुसार म्याग्दीको कूल जनसंख्या एक लाख १३ हजार ६४१ रहेकामा ७७ दशमलव ८ प्रतिशत अर्थात् ८८ हजार, ३९९ जना म्याग्दीवासी सूचना र सञ्चारको पहुँचमा रहेका नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीको गत आव २०७३÷७४ को रेकर्डअनुसार कूल ८८ हजार ३९९ जना म्याग्दीवासी सञ्चार सञ्जालसँग जोडिएका हुन् ।

कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा प्रिपेड मोबाइल सेवाका प्रयोगकर्ता ६९ हजार १८६ र स्काई फोनका १५ हजार २६३ जना रहेका छन् ।

यसैगरी पोस्टपेड मोबाइल बोक्ने एक हजार ६७८, ल्याण्डलाइन टेलिफोनका ग्राहक एक हजार ३०६ र सिडिएमएका ५०९ जना ग्राहक रहेको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताउनुभयो । ल्याण्डलाइन टेलिफोन सेवातर्फ म्याग्दी सदरमुकाम बेनीबजारमा मात्रै एक हजार २२२ जना ग्राहक रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार धार्मिक क्षेत्र गलेश्वरमा ५१ र पर्यटकीय क्षेत्र घोरेपानीमा ३३ ग्राहकले ल्याण्डलाइन फोनको प्रयोग गर्दै आइरहेका छन् ।

त्यस्तै एडिएसएलतर्फ अनलिमिटेड इन्टरनेटको बेनीबजार, गलेश्वर र घोरेपानीमा ४३० ग्राहक रहेका छन् । भिस्याट टेलिफोनका भने जिल्लाभरि २६ जना ग्राहक रहेको टेलिकमका प्रमुख शाहको भनाइ छ । म्याग्दी जिल्लाका विभिन्न ठाउँमा गरी कूल ३१ वटा बिटिएस सञ्चालनमा रहेकामा मोबाइल २३, सिडिएमए पाँच र वाइम्याक्सको चार वटा टावर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

सदरमुकामस्थित टेलिकमको आफ्नै कार्यालय, बेनीबजार क्षेत्र, क्याम्पसचोक, बेनी नगरपालिकाको ५ र ९ नं वडामा मोबाइल फोनका लागि बिटिएस सञ्चालन गरिएको शाहले बताउनुभएको छ । बिटिएसतर्फ अन्नपूर्ण गाउँपालिकामा छ, रघुगंगामा दुई, मंगलामा तीन, मालिकामा दुई र धौलागिरि गाउँपालिकाको तीन ठाउँमा बिटिएसहरु सञ्चालनमा रहेको प्रमुख शाहले बताउनुभयो ।

सिडिएमए सेवाको मालिका, अन्नपूर्ण गाउँपालिका र नगरपालिका क्षेत्रमा टावर सञ्चालन गरिएको छ भने वाइम्याक्स सेवाको नगरपालिकासहित मालिका र अन्नपूर्णमा बिटिएस जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै भिस्याट फोन सेवाका लागि जिल्लाको ११ वटा ठाउँमा टावर सञ्चालन गरिएको बताइएको छ । चालू वर्षमा टेलिकम म्याग्दीले बिटिएस स्थापना गर्न विभिन्न आठ ठाउँका लागि आगामी योजना अगाडि सारेको बताएको छ ।

भौगोलिक विकटता रहे पनि जिल्लाको झण्डै सबै जनसंख्या कुनै न कुनै माध्यमबाट सञ्चारको पहुँचमा रहेको टेलिकमले दाबी गरेको छ । जिल्लामा एनसेल मोबाइलका समेत प्रयोगकर्ता रहेका छन् भने एउटै व्यक्तिले चार पाँच वटासम्म मोबाइल बोक्ने गरेको पाइएको छ । टेलिकमले पछिल्लो समय विभिन्न आकर्षक योजना ल्याएपछि इन्टरनेट चलाउने र मोबाइलका प्रयोगकर्ता बढ्दै गएको जनाइएको छ ।

(www.sapns2.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काङ्ग्रेस जिल्ला सभापतिले हस्ताक्षर अभियान चलाउने
काङ्ग्रेस जिल्ला सभापतिले हस्ताक्षर अभियान चलाउने
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष  पहारीको ; दाबि,
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष पहारीको ; दाबि,
नारायणहिटी राजदरबार हत्याकाण्डको १९ वर्ष
नारायणहिटी राजदरबार हत्याकाण्डको १९ वर्ष
काठमाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक-एक जनामा कोरोना संक्रमित थपिए
काठमाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक-एक जनामा कोरोना संक्रमित थपिए
चैतभित्र विप्लवका गतिविधि नियन्त्रण गरिन्छ : प्रम ओली
चैतभित्र विप्लवका गतिविधि नियन्त्रण गरिन्छ : प्रम ओली
तारा एयर दुर्घटना : शव आफन्तलाई बुझाइयो
तारा एयर दुर्घटना : शव आफन्तलाई बुझाइयो
सङ्घको प्रश्न, गलैँचामा भ्याट किन ?
सङ्घको प्रश्न, गलैँचामा भ्याट किन ?
“रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको कथा बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली”
“रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको कथा बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली”
अर्थदेखि कलाकार जोगाउने चुनौतीका बीच बालनलाई निरन्तरता
अर्थदेखि कलाकार जोगाउने चुनौतीका बीच बालनलाई निरन्तरता
कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी
कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी

तपाईंले छुटाउनुभयो कि?