कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी

सारांश

  • १५ मंसिर, कालीकोट ।
  • पहिलो चरणमा गत १० गते मतदान भएको कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टहरुले छुट्टै ताला लगाएका छन् ।
  • उनीहरुले सरकार लोकतान्त्रिक गठबन्धनको रहेको बेला सत्ताको बलमा मतपेटी तलमाथि हुन सक्ने आशंकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयको मतपेटी राखिएको कोठमा वाम गठबन्धनको ताला लगाएका हुन् ।

१५ मंसिर, कालीकोट । पहिलो चरणमा गत १० गते मतदान भएको कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टहरुले छुट्टै ताला लगाएका छन् ।

उनीहरुले सरकार लोकतान्त्रिक गठबन्धनको रहेको बेला सत्ताको बलमा मतपेटी तलमाथि हुन सक्ने आशंकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयको मतपेटी राखिएको कोठमा वाम गठबन्धनको ताला लगाएका हुन् ।

जिल्लाभरका मतपेटी जम्मा गरी राखिएको कोठामा कम्युनिष्ट र मुख्य निर्वाचन कार्यालयका दुईवटा ताला लगाएर सिल गरिएको छ ।

आशंका व्यक्त भएपछि मतगणनासम्म मटपेटी सुरक्षाको विश्वास दिलाउनका लागि दुई पक्षीय ताला लगाउन सहमति दिएको जिल्ला अदालत कालीकोटका श्रेश्तेदार सोभाकर पराजुलिले बताए ।

२१ गते हुने दोस्रो चरणको चुनावपछि मात्रै मतगणना हुने भएपछि वाम गठबन्धनले मतपेटीलाई प्रहरीसँगै आफ्ना युवाहरुलाई पनि डिउटीमा राखेको छ ।

हाल माओवादी केन्द्रले आफ्ना पूर्व लडाकु नरेश शाही र जग फडेराको नेतृत्वमा एक दर्जन युवाहरु रातदिन डिउटीमा खटाएको छ ।

कालीकोटमा ६४ हजार ९६१ मतदाता रहेकोमा ४२ हजार ८४० मत खसेको छ ।

चुनाव विरोधी तीव्र गतिबिधिका बाबजुत पनि ६५ प्रतिशत मत खसेको र कुनै अप्रीय घटना हुन नदिई चुनाव सम्पन्न गर्न सफल भएको मुख्य निर्वाचन अधिकृत न्यायाधिस कृष्ण मुरारी सिवाकोटीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?