ओलीका प्रश्न, प्रचण्डको जवाफ

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २९, २०७३
|
|
१६३ पटक हेरिएको
Shares
ओलीका प्रश्न, प्रचण्डको जवाफ

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही समयदेखिको संवादहीनता शुक्रबार तोडिएको छ ।
  • माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पहलमा ललितपुर हात्तीवनमा रहेको श्रेष्ठकै निवासमा दुई नेताबीच भेटवार्ता भएको हो ।
  • यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही समयदेखिको संवादहीनता शुक्रबार तोडिएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पहलमा ललितपुर हात्तीवनमा रहेको श्रेष्ठकै निवासमा दुई नेताबीच भेटवार्ता भएको हो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

ओली : निर्वाचनको मिति घोषणा गर्ने कुरा मात्र आइरहेको छ । तर, घोषणा गर्नुहुन्न । सरकारले किन मिति घोषणामा ढिलाइ गरिरहेको हो ? पहिले तत्काल निर्वाचनको मिति घोषणा गर्नुहोस् । त्यसपछि संविधान कार्यान्वयनको दिशामा देश अगाडि बढ्छ । संविधान संशोधनमा नै तपाईंहरूको चिन्ता हो भने पहिले निर्वाचनको मिति घोषणा गर्नुहोस् अनि संशोधनमा छलफल अगाडि बढाउनुहोस् । निर्वाचनको मिति घोषणा गर्छौँ भनेर मात्र हुँदैन । हामीलाई विश्वास छैन । अहिले पनि फागुन पहिलो साता भन्नुभयो । कसरी विश्वास गर्ने ? प्रधानमन्त्री : निर्वाचनको मिति छिटो घोषणा गर्ने पक्षमा म छु । तपाईंहरूले निर्वाचनका सवालमा देखाइरहनुभएको चिन्ताप्रति म पनि सहमत छु । फागुनको पहिलो सातासम्म पनि मिति घोषणा गरिएन भने अप्ठ्यारा र जटिलताहरू आउँछन् । निर्वाचनको वातावरण बनाउन तपाईंहरू पनि सघाउनुस् । मधेसीलाई पनि सहमतिमा ल्याई निर्वाचनको वातावरण बनाऔँ । त्यसका लागि संसद्मा रहेको संविधान संशोधन विधेयकमा तपाईंहरूले पनि सघाउनुप¥यो ।

निर्वाचनका लागि वातावरण निर्माण गर्नु ठूलो कुरा हो । श्रेष्ठनिवासमा साढे दुई घन्टा छलफल गरे पनि दुवै पक्ष कुनै सहमतिमा भने पुगेनन् । छलफलमा दुवै पक्षले आ–आफ्ना अडान दोहोर्‍याएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?