सामाजिक संजाल प्रयोग गरी रकम ठग्ने महिला पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २०, २०७७
|
|
२६ पटक हेरिएको
Shares
सामाजिक संजाल प्रयोग गरी रकम ठग्ने महिला पक्राउ

सारांश

  • काठमाडौं, २० असोज ।
  • सामाजिक संजाल प्रयोग गरी रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् ।
  • सामाजिक संजाल फेसबुकको प्रयोग गरि रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी बस्ने रुपन्देही सैनामैना घर भएकी सिता भुषाललाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं, २० असोज । सामाजिक संजाल प्रयोग गरी रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । सामाजिक संजाल फेसबुकको प्रयोग गरि रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी बस्ने रुपन्देही सैनामैना घर भएकी सिता भुषाललाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक संजाल फेसबुकमा डा जेम्स सोनार र जेम्स एन्डी नामबाट साथी बन्न अनुरोध पठाई साथी बनाई लण्डनको नागरिक हो भन्दै विवाह गर्छु भनि बिश्वास दिलाई जन्म दिनको अवसरमा गिफ्ट पठाई दिन्छु भनि सुनको सिक्री, आईफोन र २० हजार डलर पठाएको छु भनि फोटो समेत पठाई प्रलोभनमा पारी लाखौं रकम ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?