१० महिने सेमेस्टर !
सारांश
- काठमाडौं, ९ माघ- त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेण्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
- छ।
- शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेण्डर दिएको थियो।
काठमाडौं, ९ माघ- त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेण्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । छ। शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेण्डर दिएको थियो।
तर, कतिपयले सेमेस्टरको परीक्षा सकेका छन् भने कतिपयले १० महिनासम्म पनि परीक्षा गर्न सकेका छैनन्। नतिजा कहिले आउने भन्ने कुनै टुंगो छैन। व्यवस्थापन संकायको डिन कार्यालय सबैभन्दा पछाडि परेको छ। त्रिविले स्नातकोत्तर तहमा केन्द्रीय विभागबाट सुरु गरेको सेमेस्टर प्रणाली उपत्यकाका आंगिक क्याम्पस कार्यान्वयन गरेको छ।
तर, डिन कार्यालयले भने शैक्षिक क्यालेण्डरअनुसार जिम्मेवारी पूरा गर्न सकेका छैनन्। व्यवस्थापन, मानविकी र विज्ञानमा समस्या शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले सबै डिन कार्यालयलाई एउटै क्यालेण्डर दिएको, तर सबैले त्यसलाई कार्यान्वयन गर्न नसकेको बताइन्। गत वैशाखदेखि उपत्यकाका आंगिक क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सुरु गर्ने क्यालेण्डर दिए पनि कतिपयले ढिला गरी गरेको उनको भनाइ छ।
प्रतिक्रिया