प्रधानमन्त्री देउवा बैतडी आउँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२४ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवा बैतडी आउँदै

सारांश

  • प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बैतडी आउनुहुने भएको छ ।
  • नेपाली काँग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक गठबन्धनले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा आज एकैदिन तीन ठाउँमा चुनावी सभाको आयोजना गरेको छ ।
  • दिउँसो १ बजे पुरचौडी हाटमा, दिउँसो २ बजे पाटनमा र दिउँसो ३ बजे मेलौलीमा आयोजना हुने सभालाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेका जिल्ला सचिव वीरबहादुर बिष्टले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बैतडी आउनुहुने भएको छ । नेपाली काँग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक गठबन्धनले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा आज एकैदिन तीन ठाउँमा चुनावी सभाको आयोजना गरेको छ ।

दिउँसो १ बजे पुरचौडी हाटमा, दिउँसो २ बजे पाटनमा र दिउँसो ३ बजे मेलौलीमा आयोजना हुने सभालाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेका जिल्ला सचिव वीरबहादुर बिष्टले जानकारी दिनुभयो । लोकतान्त्रिक गठबन्धनको औचित्यका बारेमा नागरिकलाई जानकारी गराउन पार्टी सभापति एवं प्रधानमन्त्री आफैँ आउन लाग्नुभएको सचिव बिष्टले जानकारी दिनुभयो ।

यस्तै, प्रधानमन्त्री देउवाले आज नैै बिहान १० बजे दार्चुलाको खलंगा र दिउँसो १२ बजे लटिनाथमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस, दार्चुलाले जनाएको छ । प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्ने भएपछि बैतडी र दार्चुलाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीको सुरक्षाको सुरक्षा व्यवस्था चुस्त–दुरुस्त पारिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

यसैगरी, वाम गठबन्धनले पनि चुनावनजिक आएसँगै केन्द्रीय नेताको उपस्थितिमा चुनावी सभा गर्ने जनाएको छ । आज बैतडीको देहीमाडौँमा वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई पूर्वमन्त्री एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य कर्णबहादुर थापाले सम्बोधन गर्ने एमाले बैतडीका सचिव लीलाधर भट्टले जानकारी दिनुभयो ।

साना दलहरुले घरदैलोमार्फत चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । आफूले घरदैलोमार्फत चुनावी अभियान जारी राखेको विवेकशील साझा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणदत्त अवस्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस वर्षको मनसुन सुरु,यस वर्ष नेपालमा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुमान
यस वर्षको मनसुन सुरु,यस वर्ष नेपालमा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुमान
राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण !
राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण !
मेयरले अमेरिकामा जस्तो रेडियोबाट नै भोट माग्ने हो भनेपछि स्थानिय अाक्राेशित !
मेयरले अमेरिकामा जस्तो रेडियोबाट नै भोट माग्ने हो भनेपछि स्थानिय अाक्राेशित !
बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु
बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु
मेस्सीको बार्सिलोना उपाधि नजिक
मेस्सीको बार्सिलोना उपाधि नजिक
काेराेना प्रवेश गर्न नदिन सरकारकाे यस्ताे तयारी
काेराेना प्रवेश गर्न नदिन सरकारकाे यस्ताे तयारी
अछाम र बझाङमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल
अछाम र बझाङमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट
काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र
काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र

तपाईंले छुटाउनुभयो कि?