काेराेना प्रवेश गर्न नदिन सरकारकाे यस्ताे तयारी
सारांश
- काठमाडौं।
- सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणलाई प्रवेश नदिने गरी आवश्यक तयारी गरेको भन्दै भयभित र आतंकित नहुन सबैलाई अपिल गरेको छ।
- राष्ट्रियसभाको आइतबारको बैठकमा कोरोना संक्रमणको जोखिमबाट मुलुकलाई बचाउनका लागि सरकारबाट भइरहेका प्रयास बारे जानकारी गराउदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भयभीत र आतंकित नबन्न सबैलाई आग्रह गरेका हुन्।
काठमाडौं। सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणलाई प्रवेश नदिने गरी आवश्यक तयारी गरेको भन्दै भयभित र आतंकित नहुन सबैलाई अपिल गरेको छ।
राष्ट्रियसभाको आइतबारको बैठकमा कोरोना संक्रमणको जोखिमबाट मुलुकलाई बचाउनका लागि सरकारबाट भइरहेका प्रयास बारे जानकारी गराउदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भयभीत र आतंकित नबन्न सबैलाई आग्रह गरेका हुन्।
अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट एक जना पनि संक्रमित भएको नपाइएको जानकारी गराउँदै उनले संक्रमणलाई प्रवेश नै नदिने ढंगले सरकारले तयारी गरिरहेको दाबी गरे।
मन्त्री ढकालका अनुसार अहिले सम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरीएको र सबै रिपोर्ट नेगेटिभ आएका छन्। २०२० जनवरी ९ तारिकमा नेपाल आएका विद्यार्थीले १३ तारिकमा परीक्षण गराउँदा पोजेटिभ देखिएपनि १० दिन हस्पिटल बसाइपछि पुन परीक्षणमा नेगेटिभ देखिएको थियो।
उनले कोरोना संक्रमणलाई मुलुकमा प्रवेश हुन नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाइएको र एक अर्कामा हात मिलाउने, गला मिलाउने भन्दा पनि निश्चित दूरीबाट नमस्कार गर्ने, साबुन पानीले हात धुने लगायतका काम गर्न सर्वसाधरणलाई अपिल गरिएको बताए।
कक्षा १ देखि ९ सम्म अध्ययनरत झण्डै ५० लाख विद्यार्थीको चैत ५ गते भित्र परीक्षा सकिने र त्यसपछि स्वतः १ महिना स्कुल बन्द रहने भएकाले कोरोना महामारीको २ /४ दिनको स्थिति हेरेर एसईई परीक्षा तालिका बारे निर्णय गरिने
संभावित जोखिमलाई मध्यनजर गरी सरकारले उपत्यकाभित्र र बाहिर गरी २ सय ३५ वटा आइसीयु वेड थप्ने तयारी गरेको उनले स्पष्ट पारे। हाल काठमाडौंमा १ सय ७० वेडको आइसियु सञ्चालनमा छन्।
उपत्यका भित्र १ सय २० र बाहिर १ सय १५ वटा गरेर २ सय ३५ वटा आइसीयुको व्यवस्था तत्काल गर्ने काममा भइरहेको उनले बताए। त्यसैगरी १ सय ५५ वटा आइसोलेटेड बेडको व्यवस्था गरेपनि संक्रमण फैलिएको अवस्थामा तीनवटा अस्पतालमा केन्द्रित भइ तीनै अस्पतालबाट कोरोना संक्रमणको मात्रै सेवा दिने गरी आवश्यक व्यवस्था मिलाउने गरी आअवश्यक औषधि र औजारहरुको जोहो गर्ने तयारीमा सरकार लागेको जनाए।
उनले सिडिओ र स्वास्थ्य कर्मीलाई जोखिमपुर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन गरिएको र अस्पतालमा काम गर्ने जनशक्ति र त्यससँग सम्बन्धीत व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका भय आतंकलाई हटाउनका लागि सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाएको बताए।
चीन बाहेकका मुलुकमा कोरोना संक्रमण फैलिदै जाँदा नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले आवश्यक सावधानी र सर्तकता अपनाउनका लागि सरकारले स्थलनाकामा स्वास्थ्यविन्दु स्थापना गर्नुको साथै हवाई नाका हुँदै आउने तेश्रो मुलुकका नागरिक र नेपाली नागरिकले १४ दिन क्वारेन्टायनमा बस्न भनिएको जनाए।
विदेशबाट अत्यावश्यक नेपाल आउनुपर्यो भने एकसाताको खकार जाँचको रिपोर्ट हेरेर कोरोना संक्रमण नभएको प्रमाणित भएपछि मात्रै नेपाल प्रवेश गर्न दिने, विदेशी नागरिकको हकमा आफैं क्वारेनटाइनमा बस्नुपर्ने र नेपालीहरुको हकमा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको पनि उनले स्पष्ट पारे।
प्रतिक्रिया