राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण !

सारांश

  • भेनेजुएला, २० साउन ।
  •   भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरि शनिबार ड्रोन आक्रमण भएको छ ।
  • सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उनलाई लक्षित गर्दै आक्रमण भएको थियो ।

भेनेजुएला, २० साउन ।  भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरि शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उनलाई लक्षित गर्दै आक्रमण भएको थियो । सरकारले उक्त आक्रमणबाट राष्ट्रपति जोगिनु भएको जनाउँदै आक्रमणमा परी सात जना सैन्य अधिकारीहरु घाइते भएको जनाएको छ । “यो राष्ट्रपति निकोलस मडुरो विरुद्धको आक्रमण हो,” भेनेजुएलाका सञ्चार मन्त्री जर्ज रोड्रिगेजले भने ।

घटना हुँदा उक्त सैनिक कार्यक्रमको एक टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको थियो । राज्य–सञ्चालित टेलिभिजनले प्रशारण गरेको दृश्यमा विस्फोटको ठूलो आवाज सुनिएपछि राष्ट्रपति मडुरो त्रसित भएक र सैनिकहरुले उनलाई घेरा हालेका थिए भने भाषण सुनिरहेका सैनिक टुकडी तितरबितर भएका थिए । सञ्चार मन्त्री जर्जका अनुसार, राष्ट्रपति बोलिरहनुभएको मञ्चको छेउमै विस्फोट भएको थियो, र यस्ता विस्फोट त्यहीँनजिक अरु पनि भएका थिए ।

यसैबीच राष्ट्रपति मडुरोले कोलम्बियाका राष्ट्रपति हुआँ म्यानुअल सान्तोसले सो आक्रमण गर्न लगाएको आरोप लगाएका छन् । उनले भनेका छन्, “यसमा मलाई कुनै दुविधा छैन, यो घटना हुनुका पछाडी कोलम्बियाका राष्ट्रपतिको हात छ ।” तर कोलम्बिया सरकारले मडुरोको उक्त आरोपको खण्डन गरेको छ । आक्रमणपछि अहिले भेनेजुएलामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने सुरक्षाकर्मीहरु व्यापक रुपमा परिचालन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुगलको सिइयो भन्दा बढी कमाउँछिन उर्फी जाबेद
गुगलको सिइयो भन्दा बढी कमाउँछिन उर्फी जाबेद
पैसा बाड्न अाए खोसेर जनताको बिचमा जनतालाई बाड्दिन्छौ । लक्ष्मण लम्साल,प्रदेशसभा २ क,काभ्रे
पैसा बाड्न अाए खोसेर जनताको बिचमा जनतालाई बाड्दिन्छौ । लक्ष्मण लम्साल,प्रदेशसभा २ क,काभ्रे
‘नाङ्गो गाउँ’ मा राजनीति
‘नाङ्गो गाउँ’ मा राजनीति
तिहारपछि ऋण लिन भन्दै ग्राहक फर्काइँदै, जानीजानी चेक वाउन्स गर्दै बैंक
तिहारपछि ऋण लिन भन्दै ग्राहक फर्काइँदै, जानीजानी चेक वाउन्स गर्दै बैंक
आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने कंग्रेसको माग
आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने कंग्रेसको माग
एकैदिन ८ जनाको विवाह रोकियो
घेराबन्दीमा माधव नेपाल, कति सहन सक्लान?
जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर : मन्त्री बाँस्कोटा
जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर : मन्त्री बाँस्कोटा
व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक
व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक
टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमबारे यस्तो तयारी थियो (फोटोफिचर)
टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमबारे यस्तो तयारी थियो (फोटोफिचर)

तपाईंले छुटाउनुभयो कि?