यस वर्षको मनसुन सुरु,यस वर्ष नेपालमा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुमान

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०७४
|
|
२० पटक हेरिएको
Shares
यस वर्षको मनसुन सुरु,यस वर्ष नेपालमा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुमान

सारांश

  • काठमाडौं ।
  • यस वर्षको मनसुन सोमबारदेखि सुरु भएको छ ।
  • जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार सोमबार पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको हो ।

काठमाडौं । यस वर्षको मनसुन सोमबारदेखि सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार सोमबार पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको हो । महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पूर्वी नेपाल प्रवेश गरेको हो । सोमबार पूर्वी नेपालमा हलुका वर्षा भएको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । केही दिनभित्र देशैभर मनसुन सक्रिय हुने उनले बताए ।

मनसुन पूर्ण रूपमा सुरु हुन पूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गर्नुपर्ने उनले बताए । हरेक वर्ष नेपालमा मनसुन सुरु हुँदा पूर्वी नेपालबाट प्रवेश गरी पश्चिम हुँदै पुनः पूर्व पुगेपछि सकिन्छ । यस वर्षको मनसुन तीन दिन ढिला सुरु भएको हो । नेपालमा हरेक वर्ष प्रायः १० जुनदेखि मनसुन सुरु भई २३ सेप्टेम्बरमा सकिन्छ ।

राजधानीमा तत्काल वर्षा हुने
जल तथा मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाका अनुसार राजधानीमा एक–दुई दिनभित्र वर्षा हुने प्रक्षेपण गरिएको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पश्चिमतिर बहन थालेकाले राजधानीमा तत्काल पानी पर्न सक्ने मौसमविद् वरुण पौडेलले बताए ।

औसत मात्र वर्षा हुने प्रक्षेपण
यस वर्षको मनसुनमा औसत मात्र वर्षा हुने प्रक्षेपण गरिएको छ । तर, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने औसतभन्दा कम वर्षा हुन सक्ने मौसमविद् पौडेलले बताए ।

३० वर्षको मौसमको विश्लेषणका आधारमा यस वर्ष नेपालमा कम वर्षा हुने अनुमान गरिएको उनले बताए । ‘कम वर्षा हुने भन्दैमा बाढीपहिरोजस्ता प्रकृतिक प्रकोप नहुने भन्ने हुँदैन,’ पौडेलले भने, ‘एकैदिन मुसलधारे वर्षा हुँदा प्राकृतिक प्रकोप हुन सक्छ ।’ नेपालमा वर्षभरिमा १४ सय मिलिमिटर पानी पर्दछ । मनसुनको अवधिमा मात्र ८० प्रतिशत पानी पर्ने गर्छ ।

‘प्रिमनसुन’मा धेरै वर्षा
‘प्रिमनसुन’ भनेको मनसुन हुनुभन्दा अगाडिको समय हो । अन्य वर्षको तुलनामा यस वर्षको ‘प्रिमनसुन’मा धेरै वर्षा भएको छ । प्रिमनसुनमा धेरै वर्षा हुँदा डढेलो कम लागेको छ । त्यसैगरी, चैतेधान र तरकारी बाली लगाउने किसानलाई पनि फाइदा पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस युनियनको सल्लाहकारमा दाहाल र झा मनोनीत
प्रेस युनियनको सल्लाहकारमा दाहाल र झा मनोनीत
चितवनमा निर्वाचन व्यवस्थापन विषयमा प्रशिक्षण
चितवनमा निर्वाचन व्यवस्थापन विषयमा प्रशिक्षण
साउदी क्लबद्वारा मेस्सीलाई ५८ अर्बको अफर!
साउदी क्लबद्वारा मेस्सीलाई ५८ अर्बको अफर!
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथमा क्षमासहित विशेष पूजा
राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथमा क्षमासहित विशेष पूजा
देश र पार्टी हितविपरीत काम नगर्न प्रधानमन्त्रीको निर्देशन
देश र पार्टी हितविपरीत काम नगर्न प्रधानमन्त्रीको निर्देशन
पोखरामा ५२ हजार मत गन्दा धनराजलाई २१ हजार, उपप्रमुखमा कडा टक्कर
पोखरामा ५२ हजार मत गन्दा धनराजलाई २१ हजार, उपप्रमुखमा कडा टक्कर
लुम्बिनीका मुख्यमन्त्री गिरीले मागे विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री गिरीले मागे विश्वासको मत
सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी

तपाईंले छुटाउनुभयो कि?