नेपालको खराब ब्याटिङ, १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत
सारांश
- काठमाडौं, १ मंसिर।
- एसिसी यु–१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तान सामु १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
- मलेसियामा भैरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा अलआउट हुँदै १ सय ३ रन बनाएको हो।
काठमाडौं, १ मंसिर। एसिसी यु–१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तान सामु १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियामा भैरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा अलआउट हुँदै १ सय ३ रन बनाएको हो।
नेपालका लागि अनिलकुमार साहले अर्धसतक प्रहार गरे। उनले ५७ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए।
त्यस्तै ओपनर जितेन्द्र सिंह १ र मोहम्मद असिफ शेख शून्यमै पेभेलियन फर्किएका थिए। कप्तान दिपेन्द्र सिंह ऐरी पनि जम्न सकेनन्।
२० बल सामना गरेका उनले ६ रनमत्र जोडे। अनिलबाहेक नेपालका कुनै खेलाडीले दोहोर अंक जोड्न सकेनन्।
अफगानिस्तानका लागि मुजिब रहमान एक्लैले ६ विकेट लिएका थिए।
खेलको प्रत्यक्ष प्रशारण
https://www.facebook.com/154626727912800/videos/1761032880605502/
प्रतिक्रिया