सरकार र राहत शिक्षकबीच मिल्यो कुरा, आन्दोलन स्थगित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०८०
|
|
३२ पटक हेरिएको
Shares
सरकार र राहत शिक्षकबीच मिल्यो कुरा, आन्दोलन स्थगित

सारांश

  • काठमाडौं ।
  • आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमती भएको छ ।
  • आज शुक्रबार सरकारका तर्फबाट वार्तामा सहभागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, राज्यमन्त्री प्रमिला कुमारी र राहत शिक्षक केन्द्रीय समितिका पदाधिकारीबीच सहमति भएको स्रोतले जनाएको छ ।

काठमाडौं । आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमती भएको छ । आज शुक्रबार सरकारका तर्फबाट वार्तामा सहभागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, राज्यमन्त्री प्रमिला कुमारी र राहत शिक्षक केन्द्रीय समितिका पदाधिकारीबीच सहमति भएको स्रोतले जनाएको छ ।

संघीय संसद् सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघ देशभरका विद्यालयहरू बन्द गरेर आन्दोलनमा उत्रिएको थियो ।

आन्दोलन जारी रहँदा महासंघले सरकारसँग गत असोज ५ गते सहमति गरेपनि आफूहरुलाई महासंघले धोका दिएको भन्दै राहत शिक्षकहरूले पुनः आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका थिए ।

राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने सहमतिमा असहमति जनाउँदै राहत शिक्षकहरू आन्दोलित भएका थिए । आज भएको वार्ताबाट उनीहरुको माग पुरा गर्ने सरकारको प्रतिवद्धता आएसँगै आन्दोलनका कार्यक्रमहरु पनि स्थगित गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?