‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २९, २०७६
|
|
२४ पटक हेरिएको
Shares
‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन

सारांश

  • पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
  • अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।
  • साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ ।

पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ । ठूला सवारीका लागि भने खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको उहाँले बताउनुभयो । तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको भए पनि पानी परेको खण्डमा समस्या आउनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । पानी पर्दा खोलमा पानीको सतह बढ्ने तथा निर्माण गरिएको ‘डाइभर्सन’ बगाउन सक्ने भएकाले पुनः यातायात अवरुद्ध हुनसक्ने उहाँले बताउनुभयो ।

भाँचिएको पुल मर्मतका लागि भने केही समय लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । पुलको तल्लो सतहबाटै मर्मत गर्नुपर्ने भएकाले तत्काल पूर्णरूपमा पुलबाट यातायात सञ्चालन गर्न केही समय लाग्ने सडक डिभिजन कार्यालयले जानकारी गराएको उहाँले बताउनुभयो ।
आज बिहान ना६ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा पुलको एक स्थानमा क्षति पुगी करीब दुई मिटर तल लच्किएकाले यातायात अवरुद्ध बनेको थियो । अहिले रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीमा रहेका पुलहरु झण्डै वर्षेनीजस्तो कुनै न कुनैमा क्षति पुग्ने गरेका छन् । यसबाट यात्रुहरुले समस्या झेल्ने गरेका छन् । नवलपरासीको नवलपुरअन्तर्गत पर्ने जयश्री पुल, बौलाहाखोला पुल, लोकाहा पुलमा गत वर्ष सवारीले ठक्कर दिई क्षति पुग्दा महीनौँसम्म यात्रुले सास्ती पाएका थिए ।विसं २०३० तिर निर्माण गरिएका नारायणगढ–बुटवल सडक खण्डका पुलको संरचनामा ‘ट्रस’को प्रयोग गरिएको छ । पुल निर्माण गरेको लामो समय भएकाले पुलका संरचना कमजोर बन्दै गएका छन् । सवारीसाधनले पुलमा सामान्य ठक्कर दिँदासमेत पुलको संरचनामा धेरै क्षति पुग्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
‘दक्ष जनशक्तिलाई स्वदेशमै रोकौँ’
‘दक्ष जनशक्तिलाई स्वदेशमै रोकौँ’
यी हुन् सातै प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्य (नामावलीसहित)
यी हुन् सातै प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्य (नामावलीसहित)
स्वतन्त्र उम्मेदवार दीपक मनाङे बने प्रदेश सभा सांसद
स्वतन्त्र उम्मेदवार दीपक मनाङे बने प्रदेश सभा सांसद
चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध
चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध
अवको अभियान संमृद्ध नेपाल निर्माण : श्रमराज्य मन्त्री चौधरी
अवको अभियान संमृद्ध नेपाल निर्माण : श्रमराज्य मन्त्री चौधरी
गुण्डानाइके राधे पक्राउ, उनी नेका तरुण दल धादिङका उपसभापति पनि हुन्
गुण्डानाइके राधे पक्राउ, उनी नेका तरुण दल धादिङका उपसभापति पनि हुन्
शीर्ष नेताहरु भारतीय दुतावासतिर, केपी ओली पोखरातिर
शीर्ष नेताहरु भारतीय दुतावासतिर, केपी ओली पोखरातिर
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
आजको मौसम: देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव
आजको मौसम: देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

तपाईंले छुटाउनुभयो कि?