चुम्लुङको अधिवेशनमा जनप्रतिनिधिलाई सम्मान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२३ पटक हेरिएको
Shares
चुम्लुङको अधिवेशनमा जनप्रतिनिधिलाई सम्मान

सारांश

  • किरात याक्थुम चुम्लुङ, इलामको सातौँ जिल्ला अधिवेशन इलाम सदरमुकाममा शुरु भएको छ ।
  • बिहीबार अधिवेशनको उद्घाटनसँगै व्यक्तित्व सम्मान र सांस्कृतिक झाँकी प्रदर्शनीसमेत भएको छ ।
  • अधिवेशनको उद्घाटनमा किरात याक्थुम चुम्लुङ, इलामले विभिन्न चारजना जनप्रतिनिधि र एक उत्कृष्ट गाउँ शाखालाई सम्मान गरेको छ ।

किरात याक्थुम चुम्लुङ, इलामको सातौँ जिल्ला अधिवेशन इलाम सदरमुकाममा शुरु भएको छ । बिहीबार अधिवेशनको उद्घाटनसँगै व्यक्तित्व सम्मान र सांस्कृतिक झाँकी प्रदर्शनीसमेत भएको छ ।

अधिवेशनको उद्घाटनमा किरात याक्थुम चुम्लुङ, इलामले विभिन्न चारजना जनप्रतिनिधि र एक उत्कृष्ट गाउँ शाखालाई सम्मान गरेको छ । गत १४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवार भई विजयी भनेका लिम्बू जनप्रतिनिधिलाई चुम्लुङले सम्मान गरेको हो ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित माई नगरपालिकाका प्रमुख भएका दीपक थेवे, इलाम नगरपालिकाका उपप्रमुख सुशीला नेम्बाङ, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गो र माङसेबुङ गाउँपालिकाकै उपाध्यक्ष सुनिता योङहाङलाई चुम्लुङले सम्मान गरेको हो । उहाँहरुलाई प्रमुख अतिथि किरात याक्थुम चुम्लुङका केन्द्रीय उपाध्यक्ष मलिसा याक्थुम्बाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गर्नुभयो ।

त्यसैगरी, किरात याक्थुम चुम्लुङ इलामले कार्यसम्पादनका आधारमा सबैभन्दा क्रियाशील शाखामध्ये साबिकको लक्ष्मीपुर गाउँ शाखालाई सम्मान गरेको छ । अधिवेशन उद्घाटनअघि सांस्कृतिक झाँकीसहितको ¥याली आयोजना गरिएको थियो । लिम्बूको जातीय पहिचानको वेशभूषा र च्याब्रङ सहितको ¥याली ठूलो टुँडिखेलबाट शुरु भई बजार परिक्रमा गरी गौतमबुद्ध सभागृहमा समापन भएको थियो ।

‘लिम्बुवान् स्वायत्तता, हाम्रो प्रतिबद्धता’ भन्ने मूलनाराका साथ शुरु भएको अधिवेशनमा साबिकका नगर र गाउँ शाखाका एकसयभन्दा बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको चुम्लुङ इलामका अध्यक्ष अभिषेक येक्तेनले जानकारी दिनुभयो । अधिवेशनले भावी रणनीतिसहित २१ सदस्यीय नयाँ कार्यससमिति निर्वाचित गर्ने वताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?